यो चुनावबाट समस्याको समस्याहरु हुदैन : नेकपा अध्यक्ष कट्टेल

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अहिलेको संसदीय व्यवस्था अन्तर्गतको यो स्थानीय तहको चुनावबाट मुलुकको समस्या समाधान नहुने ठहर गरी नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको चुनावमा भाग नलिएको बताउनुभएको छ । अलगपथसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष कट्टेलले नेपालमा संसदीय व्यवस्था असफल भएको राजनीतिक घटनाक्रम र संसदवादी दलहरुको क्रियाकलापले देखाएको बताउनुभयो । उहाँले ‘नेपालमा संसदीय व्यवस्थाको विकल्प जन गणतन्त्र मात्रै भएकोले त्यो दिशामा अगाडि बढ्नु पर्ने आवश्यकता छ’, भन्नुभयो ।

आउदो बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा भाग नलिएको ऋषि कट्टेलले नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन बहिस्कार गर्न नागरिकहरु समक्ष अपील गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *