राजनीति र साहित्यका सिल्पी प्रदीप नेपाल अब सम्झनामा

उपचारका क्रममा थापाथलीस्थित नर्भिक हस्पिटलमा मंगलबार दिउसो सदाका लागि आँखा चिम्लिएका राजनीति र साहित्य सृजनाका सिल्पी प्रदीप नेपाल अब सम्झनामा मात्रै रहेका छन् । उनको निधनप्रति नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायतले शोक प्रकट गरे । कुनै श्रद्धाञ्जली सभा आयोजना नगरी मंगलबार साझ नै उनको पार्थिव शरीर पशुपति आयघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तेष्टि गरिएको थियो । उनकै इच्छा अनुसार श्रद्धाञ्जली सभा आयोजना नगरिएको बताइएको छ । अन्तृष्टि गर्नु अघि विद्युतीय शवदाह गृह पुगेका नेकपा (एस)का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतले उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिएका थिए तर प्रधानमन्त्री केपी शर्मा ओली भने आफ्ना पूर्व सहकर्मीप्रति श्रद्धाञ्जली दिन गएको देखिएन ।

वि.सं २०१० साल पुष २८ गते भोजपुरको गोगनेमा जन्मिएका प्रदीप नेपाल साहित्यमा सञ्जय थापाको नामले पनि परिचित छन् । मुक्त आकाशको खोजी, देउमाईको किनारमा, नओइलाउने फुल,२१औं शताब्दीकी सुम्निमा लगायतका ४ दर्जन भन्दा बढी साहित्यिक कृति सृजना गरेका थिए उनले । उनी राजनीति, लेखनसँगै गीत गाउन शौखिन रहेको जानकारहरु बताउछन्न।

झापा संघर्षको रापबाट कम्युनिष्ट आन्दोलनमा लागेका प्रदीप नेपाल २०३३ साल चैत्र १२ गते ३३ दिन लगाएर खनेको ६५ हात लामो सुरुङबाट नख्खु जेल ब्रेक गरेर सीपी मैनाली, घनेन्द्र बस्नेत, नरेश खरेल, वीरबहादुर लामा , धर्म घिमिरे, नारद वाग्ले, हर्क खड्का, भीष्म धिमाल , अशोक न्यौपाने , जीवन मगर , माधव पौडेल, कामेश्वर हलवाई, गोपाल शाक्य, राजन राजबंसीसँगै बाहिर निस्किएका थिए , जसको बारेमा उनलृ ‘मुक्त आकाशको खोजी’ कृतिमा वर्णन गरेका छन् । अखिल नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टी (माले) र नेकपा (माले)को केन्द्रीय समितिमा रहेर काम गरेका उनी नेकपा (एमाले)को पाँचौ महाधिवेसनबाट केन्द्रीय समिति सदस्य तथा सो पार्टीको छैटौं र सातौं महाधिवेशनबाट स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहेर काम गरे । उनी नेकपा (एमाले)को आठौं महाधिवेशनमा महासचिव र नवौं महाधिवेशनमा उपाध्यक्षको उम्मेद्वार बनेपनि पराजित भए । त्यसपछि उनी सक्रिय राजनीतिबाट टाढा रहे र मदन-आश्रित स्मृति प्रतिष्ठानको अध्यक्ष भएर काम गरेका थिए । त्यसैबेलाबाट उनी पार्किन्सस रोगको सिकार भएको जानकारहरुको भनाई छ ।

२०४८ र २०५४ सालमा राष्ट्रिय सभा सदस्य बनेका प्रदीप नेपाल २०५६ सालको संसदीय निर्वाचनमा नेकपा(एमाले)को तर्फबाट काठमाडौं क्षेत्र नं.१ बाट निर्वाचित भएका थिए । २०६४ सालको संविधान सभा निर्वाचनमा भने उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबाट काठमाडौं क्षेत्र नं.१ बाट पराजित भए । त्योसँगै उनको संसदीय यात्रामा पूूर्णविराम लागेको थिियो ।

२०५१ सालमा बनेको नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको ९ महिने सरकारमा सूचना तथा सञ्चार र जलश्रोत मन्त्री बनेका उनी २०६४ सालको संविधान सभा निर्वाचन गराएको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा शिक्षा मन्त्री बनेका थिए । शिक्षा मन्त्री बनेको समयमा शिक्षकहरुलाई माइक्रोबसका खलासी जस्ता शक्द प्रयोग गरेर दिएको अभिव्यक्तिले उनी आलोचित भएका थिए ।

प्रविधिको उपयोग गर्न शौखिन उनी राजनीतिकर्मीहरुमध्ये सबैभन्दा पहिला उनले मोवाइल फोन प्रयोग गरेका थिए,, जसका कारण राजनीतिबृतमा केही समय मोबाइल फोन बोक्ने भनेर उनको आलोचना भएको थियो ।

भूमिगतकालमा उनको बारेमा मानिसहरुलाई उतिसारो जानकारी नभएपनि खुल्ला राजनीतिमा आएपछि भने उनका क्रियाकलाप सार्वजनिक भएका थिए । पार्टी भित्र विचारमा फरक मत राख्ने सहकर्प्रमीप्रति उनी असहिस्सुण बन्ने गरेको कतिपय राजनीतिकर्मीको भनाई छ ।

२०५४ मा नेकपा (एमाले) विभाजन भएर बनेको नेकपा (माले)का महासचिव बामदेब गौतम लगायतलाई काठमाडौंको टुडिखेलबाट एक नम्बरको भ्रष्टाचारी भनेर घोषणा गरेका उनी २०५८ सालमा साहना प्रधान , बामदेव गौतम सहितका नेकपा (मालेको ठूलो पङ्ती नेकपा (एमाले)मा फर्किएपछि भने बामदेव गौतम सहितसँग उनको राम्रो सम्बन्ध बनेको थियो । त्यही कारण बामदेव गीतम उपप्रधानमन्त्री तथा गृह मन्त्री बन्दा प्रदीप नेपाल बामदेव गौतमका एक पटक सल्लाहकार बनेका थिए ।

नेकपा (एमाले)को सक्रिय राजनीतिमा रहदा बौद्धिक नेताको समेत छवि बनाएका प्रदीप नेपालका सकारात्मक र नकारात्मक दुबै पाटो रहृपनि सकनरात्कमक पक्षले उनको जीवनको नकारत्मक पक्षलाई ओझेल पारेको कतिपय जानकार बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *