राप्रपा सरकारबाट बाहिरिने , सरकारलाई दिएको समर्थन फिर्त

आठ दलीय सत्ता गठबन्धन बनेसँगै राप्रपा सरकारबाट बाहिरिने भएको छ । सो पार्टीको आज विहान बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णयसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको जनाइएको छ ।

नेकपा (माके)का अध्यक्ष प्रचण्ड नेतृत्वको मन्त्री परिषदमा उक्त पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा उर्जा मन्त्री , नेता ध्रुवबहादुर प्रधान कानुन , न्याय तथा संसदीय मामिला मन्त्री र विक्रम पाण्डे शहरी विकास मन्त्री हुनुहुन्छ । त्यसैगरी सुदूर पश्चिम प्रदेश बाहेकका सबै प्रदेशका सरकारमा राप्रपाका प्रतिनिधिहरु मन्त्री हुनुहुन्छ । यस्तै सोही पार्टीका नेता भुवन पाठक बागमती प्रदेश सभाको सभामुख र मेनका खाण के.सी.लुम्बिनी प्रदेश सभाको उप-सभामुख हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *