पुन: प्रधानमन्त्री बनेका नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले प्रधानमन्त्री पदको राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गर्नुभएको छ । प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे सहित उच्च पदस्त व्यक्तिहरुको सो सपथ ग्रहण समारहमा उपस्थिति रहेको थियो । प्रधानमन्त्री ओलीको नेतृत्वमा गठन भएको २२ सदस्यीय मन्त्रीपरिषदका उप-प्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलका साथै सबै मन्त्रीहरुले राष्ट्रपति पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीको नेतृत्वमा २२ सदस्यीय मन्त्रीपरिषदमा नेपाली कांग्रेसका १०, प्रधानमन्त्री सहित नेकपा(एमाले)का अशोक राई नेतृत्वको जसपाका २ र लोसपाका १ जना मन्त्री छन् ।

२२ सदस्यीय मन्त्रीपरिषदमा २ जना मात्रै महिला
चौथो पटक प्रधानमन्त्री बनेका नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली नेतृत्वको नवगठित २२ सदस्यीय मन्त्रीपरिषदमा नेपाली कांग्रेसका तर्फबाट परराष्ट्र मन्त्री बनेकी आरजु राणा देउवा र नेकपा (एमाले)का तर्फबाट शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री बनेकी विद्या भट्टराई गरि २ जना मात्रै महिला मन्त्री बनेका छन् । ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने भनिएपनि यो सरकारमा पनि महिलाको ३३ प्रतिशत प्रतिनिधित्व हुन सकेन ।