राष्ट्रपति भण्डारीबाट भएन नागरिकता विधेयक प्रमाणित

संघीय संसदका दूबै सदनबाट पुन: पारित भई प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको नागरिकता ऐन,२०६३ को पहिलो संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणित भएन । १५ दिनको समय पुरा हुदापनि राष्ट्रपतिबाट प्रमाणिकरण नभएपछि अब यो विधेयक ऐन बन्नबाट बञ्चित भएको छ ।

यो विधेयक प्रमाणित नगर्न नागरिकहरुले दवाव दिदै आएका थिए ।

गत साउनमा नेकपा (माके)का अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा एकै पटक नयाँ दिल्ली भ्रमणबाट फर्के लगत्तै एकाएक यो विधेयक अगाडि बढाइएको थियो । यसका केही दफामा चौतर्फी विरोध भएको थियो तर संघीय संसदका दुबै सदनबाट जनताको आवाजलाई बेवास्ता गरी हतारमा पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो तर राष्ट्रपति भण्डारीले त्यस भित्र केही समस्या औंल्याई त्यसलाई पुन: छलफलका लागि केही सवाल सहित त्यो विधेयक प्रतिनिधि सभामा पठाउनुभयो । सत्तागठबन्धनको बैठकले त्यसलाई जस्ताकोतस्तै पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाउने निर्णय गरे बमोजिम संघीय संसदका दुबै सदनले कुनै छलफल विना नै त्यत्तिकै पारित गरे र राष्ट्रपति कहाँ पठाई दिए ।

राष्ट्रपति भण्डारीको यो कार्यको स्वागत र विरोधका आवाज सुनिएका छन् तर विरोधको तुलनामा देशभक्त नेपालीहरुको समर्थनको आवाज शसक्त देखिएको छ ।

Leave a Reply