रुपन्देही-५ मा एमालेका बाशुले आधिकारिकता पाउदा खिमलाल हिस्स

रुपन्देहीको क्षेत्र नं.५ मा नेकपा (एमाले) का उम्मेद्वार बाशुदेव घिमिरेलाई अगाडि मनोनयन दर्ता गरेको भन्दै निर्वाचन आयोगले आधिकारिता दिएपछि सोही पार्टीका अर्का उम्मेद्वार खिमलाल भट्टराई हिस्स पर्नु भएको छ । राष्ट्रिय सभा सदस्य पदबाट राजिनामा दिएका नेकपा (एमाले)का नेता खिमलाल भट्टराई र सोही पार्टीका नेता तथा तिलोत्तमा नगरपालिकाका नि:बर्तमान मेयर बाशुदेव घिमिरेले नेकपा (एमाले)को आधिकारिक उम्मेद्वारको पत्र पेश गरी प्रतिनिधि सभा सदस्य पदको उम्मेद्वार मनोनयन गर्नु भएको थियो । आइतबार दिउसो ३:३० मा र भट्टराईले ४:४५ मा उम्मेद्वारी मनोनयन गर्नु भएको थियो , जस अनुसार घिमिरेको उम्मेद्वार मनोनयन दर्ता नं ११ र भट्टराईको १७ रहेको बताइएको छ ।

अनेरास्वियुको अध्यक्ष हुदै नेकपा (एमाले)को केन्द्रीय तहमा पुगेका खिमलाल भट्टराई राष्ट्रिय सभामा नेकपा (एमाले)को दलको नेता हुनुहुन्थ्यो । उहाँले राजिनामा दिएसँगै नेकपा (एमाले)को राष्ट्रिय सभामा एक सीट घटेको छ । यता रुपन्देहीको ५ नं. क्षेत्रमा नेकपा (एमाले)को आधिकारिक उम्मेद्वारको मान्यता पाएका बाशुदेव घिमिरेलाई तिलोत्तमा नगरपालिकाका सफल मेयरको रुपमा चित्रित गर्ने गरिएको छ ‌, जसले अगाडि बढाएको विकासलाई मोडेललाई धेरै तारिफ गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *