विरोधको निशानामा गभर्नर अधिकारी

काठमाडौं/ नेकपा (एमाले)ले जारी गरेको अन्तर पार्टी निर्देशनमा यम अधिकारी , खोटाङ भनेर उल्लेख भएको र ती व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै हुन् भन्दै सत्तामा रहेको नेकपा (माके)ले नेपाल राष्ट्र बैंक ऐनमा नेपाल राष्ट्र बैंकको गभर्नर कुनै राजनीतिक दलको सदस्य हुन नहुने उल्लेख भएपनि गभर्नर अधिकारी सो ऐन विपरीत गभर्नर पदमा बहाल रहेको भन्दै गभर्नर अधिकारीको राजिनामाको माग गरेको छ । सोही पार्टीकी सांसद रेखा शर्माले प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा (एमाले) को कार्यकर्ता भएर नेपालको अर्थतन्त्र तहसनहस बनाउने कार्यमा लागेकाले अधिकारीलाई गभर्नर पदबाट हटाउनु पर्ने बताउनुभयो तर नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले भने गभर्नर अधिकारीको बचाउ गर्दै नेकपा (एमाले)को अपानिमा उल्लेख भएको यम अधिकारी, खोटाङ भनेर उल्लेख भएको नाम गभर्नर अधिकारीको नभएको बताउनुभयो । नेकपा (माके)ले सदन र सडकमा गभर्नर अधिकारीको राजिनामा या पदच्युतको माग गर्दै संघर्ष शुरु गरेको जनाएको छ । सो पार्टीको युवा संगठन वाईसीएल र र विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले बुधबार माइतीघर मण्डलामा गभर्नर अधिकारीको राजिनामा या पदच्युतको माग गर्दै विरोध प्रदर्शन गरेका थिए । उक्त अवसरमा अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले गभर्नर अधिकारीको राजिनामा नआएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

यता कतिपयले भने नेकपा (एमाले)को विरोधका कारण अर्थ मन्त्रीबाट जनार्दन शमा ‘प्रभाकर’को राजिनामाको प्रतिशोधको रुपमा नेकपा (माके)ले गभर्नर अधिकारीको विरोध गरेको बताएका छन् ।

कतिपय जानकारहरु भने कोभिड-१९ र रुस-युक्रेन युदृधको अशर नेपालको राष्ट्रिय अर्थतन्त्रमा परेपनि गभर्नर अधिकारीले भने जस्तो नेपालको राष्ट्रिय अर्थतन्त्र त्यस्तो संकटमा नरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *