नेपाल सरकार,शहरी विकास मन्त्रालयले गणेशमान सिंह स्मृति भवनको नाममा नेपाल तरुण दलको भवन निर्माणको लागि रु.३ करोड बजेट विनियोजन गरेको जनाइएको छ । सो बजेट विनियोजन गरेकोमा नेपाल तरुण दलले लौह पुरुष गणेशमान सिंहका छोरा समेत रहेका उप-प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई धन्यबाद दिएको छ ।
