संसदबाट एमसीसी सम्झौता पारित गरेको विरोधमा ६ दल र २ मोर्चाको नेपाल बन्दप्रति नागरिकको समर्थन

काठमाडौं/ नागरिकहरुको चौतर्फी विरोध हुँदाहँदै पनि आइतबार राती संसदबाट ध्वनि मतको आधारमा बहुमतले एमसीसी सम्झौता पारित गरेको विरोधमा संयुक्त रुपमा आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी , नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले आज गरेको नेपाल बन्दप्रति नागरिकहरुको साथ र समर्थन देखिएको छ । प्रहरीले सडकमा उत्रिएका आधा दर्जनभन्दा बढी बन्दकर्तालाई पक्राउ गरेको जनाइएको छ । काठमाडौं उपत्यकाको जनजीवन सामान्य देखिएको छ । अत्यावश्यक काममा जानै पर्ने बाहेकका सवारी साधन, विद्यालय, कलेज , कलकारखाना लगायत बन्द रहेको देखिएको छ ।

एमसीसी सम्झौता राष्ट्रघाती भएकोले त्यसको खारेज हुनुपर्ने माग गर्दै ती दल र मोर्चाले हिजो पनि विरोध कार्यक्रम गरेका थिए । सो विरोध कार्यक्रम अन्तर्गत काठमाडौंको नयाँ बानेश्वरमा भएको विरोध प्रदर्शनका क्रममा आन्दोलनकारी र सुरक्षाकर्मी वीच झडप हुदा २ जना आन्दोलनकारीलाई चोट लागेको थियो । त्यसक्रममा भिड नियन्त्रण गर्न भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीको हस्तक्षेपपछि आन्दोलनकारीले बुद्धनगर लगायतका स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *