काठमाडौं/ प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा बिरुद्ध २१ वटा आरोप लगाएर नेपाली कांग्रेस, नेकपा (माखे) र नेकपा (एस) का ९८ जना सांसदहरुले हिजो संसदमा महाअभियोग प्रस्ताब दर्ता गरेसँगै एमसीसी (MCC) सम्झौता जस्ता तस्तै पारित हुनु हुदैन भन्दै आएका सत्ता गठबन्धनमा रहेका नेकपा (माके) र नेकपा (एस)ले पनि सहमती जनाएको समाचार सञ्चार माध्यममा सार्वजनिक भएका छन् । आउदो फागुन ४ गते १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता केवुल गरेर अगाडि बढाउने र त्यसबेला जनताको नजरमा आफू देशभक्त देखिन नेकपा (माके) र नेकपा (एस) ले संसद बहिस्कार गर्ने नाटक गरेर यसलाई प्रतिनिधि सभाबाट पारित गर्न सजिलो बनाई दिने गरी नेताहरु बीच भित्री सहमती भएको समाचार श्रोतले जनाएको छ । संसदको बैठक बस्न एक चौथाई सांसद आवश्यक पर्ने र बैठकमा उपस्थित भएका सांसदहरुमध्ये सामान्य बहुमतले यो सम्झौता पारित गरे हुने कतिपय कानुनका जानकारहरुको भनाई छ । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माके) र नेकपा (एस) सहित प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र लोसपा पनि MCC सम्झौता पारित गर्ने पक्षमा रहेको र जसपाले भने त्यसबारेमा औपचारिक निर्णय गरी नसकेको बताइएको छ ।
यता संसदबाट एमसीसी सम्झौता पारित भएमा त्यस बिरुद्ध सर्बोच्च अदालतमा रिट पर्न सक्ने आंकलन रहेको र त्यसमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा आफ्ना लागि अनुकूल हुन नसक्ने ठम्याईका साथ ३ दलले उहाँ विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेर प्रधानन्यायधीश जबरालाई निलम्वित गरी सत्ता गठबन्धन र त्यसमा पनि नेकपा (एस)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग निकट मानिएका सर्वोच्च अदालतका बरिष्ठतम न्यायधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीश बन्ने अवस्था बनाएकोले एमसीसी सम्झौताको विरुद्ध सर्वोच्च अदालतमा रीट परेमा त्यसको विपक्षमा निर्णय हुन सक्ने अवस्था बन्न सक्ने कतिपय जानकारहरुको भनाई छ ।
एमसीसी सम्झौताको विरोध जारी
एमसीसी सम्झौता राष्ट्र हित विपरीत रहेकोले त्यसलाई खारेज गर्नु पर्ने माग विभिन्न राजनीतिक दल तथा नागरिकहरुले गरिरहेका छन् । यसैक्रममा एमसीसी सम्झौता खारेजीको निम्ति संघर्ष गरिरहेका नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल , नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले आउदो फागुन ४ गते संसद भवन अगाडि संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन् ।