समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाउदै दलहरु

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि हिजो समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची बुझाउन बाँकी रहेका नेकपा (एमाले) , नेपाली कांग्रेस, नेकपा (माके), नेकपा (एस) , जसपा लगायतका राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची बुझारहेको बताइएको छ । प्रतिनिधि सभाका ११० र ७ वटै प्रदेशका गरी जम्मा २२० सीटको समानुपातिकतर्फका उम्मेद्वारहरुको बन्दसूची दलहरुले बुझाउदै छन् । निर्वाचन आयोगमा यस पटक समानुपातिकतर्फका उम्मेद्वारहरुको बन्दसूची नेपाल समावेशी पार्टीले सबैभन्दा पहिला बुझाएको जनाइएको थियो ।

यस पटक नेकपा (माके) र नेपाल समाजबादी पार्टीले संयुक्त रुपमा समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची बुझाएको बुझिएको छ । प्रतिनिधि सभाको निर्वाचनमा नेपाल समाजबादी पार्टीका नेता गंगानारायण श्रेष्ठ सहित ५ जनाको नाम समावेश भएको जनाइएको छ ।

यस पटक नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा र अम्बिका बस्नेत , नेकपा (माके)का उपाध्यक्ष कृष्णबहादुर महरा , राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष रश्मीराज नेपाली र जनकराज शर्मा लगायतका नेताहरुको नाम प्रतिनिधि सभाको समानुपातिक तर्फको बन्दसूचीमा समावेश भएको बताइएको छ ।

निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची बुझाउदा कम्तीमा १० प्रतिशत हुनु पर्ने दलहरुलाई जानकारी दिइसकेको छ ।

प्रत्यक्ष तर्फ ३३ प्रतिशत महिला उम्मेद्वार हुनुपर्ने निर्वाचन आयोग भनाई

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ कम्तीमा ३३ प्रतिशत महिला उम्मेद्वार हुनु पर्ने दलहरुलाई निर्देशन दिएको बताइएको छ ।

संविधानमा व्यवस्था भए अनुरुप महिला सांसद तथा अधिकारकर्मीहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा ३३ प्रतिशत उम्मेद्वार हुनुपर्ने आवाज उठाउदै आएका थिए ।

Leave a Reply