समानुपातिक बन्द सूची भदौ १० देखि १२ गतेसम्म बुझाउन सकिने

आगामी मंसिर ४ गते हुने संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची यही भदौ १० गते शुक्रबारथेखि १२ गते आईतबारसम्म बुझाउन सकिने समय निर्धारण गरेको निर्वाचन आयोगले जनाएका छ । यो चुनावमा भाग लिने गरी निर्वाचन आयोगमा दर्ता भएका ११६ वटा राजनीतिक दल मध्ये ८४ वटा दल यो चुनावमा भाग लिने गरी गत साउन मसान्त भित्र पुन: दर्ता भएका थिए । प्रतिनिधि सभाको २७५ सीट मध्ये समानुपातिक निर्वाचन प्रणालीबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेछन् । यसैगरी प्रदेश सभा निर्वाचनमा पनि सोही प्रणाली अनुरुप त्यसै अनुपातमा प्रदेश सभा सदस्य निर्वाचित हुनेछन् ‌

यसतै निर्वाचन आयोगले चुनावमा उम्मेद्वारी मनोनयन गरेका उम्मेद्वारको चुनाव चिन्ह मात्रै मतपत्रमा समावेश जनाएको छ ।

यसैगरी यसै हप्ता आयोजना गरेको चुनावी आचारसंहिताको विषयमा राजनीतिक दलहरुसँगको छलफलमा आउदो मंसिर ४ गते हुने निर्वाचनका उम्मेद्वारले चुनाव प्रचारमा २५ जनासम्म मात्रै सहभागी हुन पाउने प्रस्ताव गरेको बताइएको छ । सो छलफलमा सहभागी नेकपा (एमाले)ले भने उक्त प्रस्ताव व्यवहारिक नहुने र चुनावको मौन अवधि ७२ दिनबाट घटाएर २४ दिन बनाउनु पर्ने प्रस्ताव गरेको सो पार्टीले जनाएको छ । निर्वाचन आयोगका अदिकारीहरुले भने यो छलफलमा राजनीतिक दलहरुका सुझावलाई मिलाएर निर्णय गर्ने बताएका छन् ।

Leave a Reply