संघीय संंसदमा सत्ता पक्ष र प्रतिपक्षी दलहरु भिडन्तको दिशातिर जान खोजेका हो कि भन्ने आभाष हिजोको प्रतिनिधि सभाको बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुकको गतिबिधिबाट हुन थालेको छ । रास्वपाका सभापति समेत रहेका उप-प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएकोले संसदीय छानविन समिति बनाएर छानविन गरि उनलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गर्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको नेपाली कांग्रेसले हिजो भने राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरुद्ध ग-यो, जसका कारण संघीय संसदको दुबै सदनको बैठक आज बस्ने गरी स्थगित गरियो । हिजो अपरान्ह बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसको विरोध जारी रहदा सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएपछि नेपाली कांग्रेसका सांसदहरु झन् रुष्ट भएर वेल घेराउ गरि नाराबाजी गर्न थाले । सभामुख घिमिरेको अनुमतीले बोल्न समय पाएका उप-प्रधानमन्त्री तथा गृह मन्त्री लामिछानेलाई नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेर बोल्न दिएनन् भने सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु वीच ठेलाठेल हुन पुग्यो । त्यो अवस् आउनुमा उनीहरु एक अर्कालाई दोष लगाएर आफू निर्दोष रहेको बताइरहेका छन् ।
सत्ता पक्ष र प्रतिपक्ष दलहरु बीच नयाँ समझदारी बन्न नसक्तासम्म संघीय संसदका दुबै सदनका आज बस्ने बैठक पनि नेपाली कांग्रेसका सांसदहरुले अवरोध गर्ने निश्चित छ । जसले यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीष संसदका दुवै सदनमा प्रस्तुत गरेको नेपालको सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम माथि छलफल हुन सकेको छैन ।
हिजोको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले तटस्थता कायम गर्न नसकेको भन्दै आक्रोसित नेपाली कांग्रेसका सांसदहरुले सहकारी ठगलाई कारबाही गर्नु पर्ने मागलाई शसक्त ढंगले अगाडि बढाउने बताएको छ।
यता संसद भित्र आफूले गरिरहेको संघर्षलाई थप शसक्त बनाउने उद्देश्यले नेपाली कांग्रेसले संघीय संसदमा रहेका प्रतिपक्षी दलहरुको बैठक बोलाएको बताइएको छ ।
यो वा त्यो बाहनामा एक अर्कालाई थकाउने रणनीतिमा सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लागेकाले जनताको पीरमर्का र समस्याको निवारणका लागि छलफलको थलो हुनु पर्ने संघीय संसद दलहरुका नेताहरुको स्वार्थसिद्धि गर्ने साधन बनेेको भन्दै त्यसको विरोध भइरहेको छ ।