काठमाडौं/ सत्ता गठबन्धनका पाँच दलले यस अघिको सहमती विपरीत ६ वटा महानगरपालिका र ११ वटा उप-महानगरपालिकाका उम्मेद्वारहरुलाई आफ्नो उम्मेद्वारी फिर्ता लिन निर्देशन गरेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उक्त गठबन्धनमा रहेका दलहरुका शीर्ष नेताहरुको बैठकले ३ बुँदे निर्देशन जारी गर्ने निर्णय गरेको सो बैठकपछि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । गठबन्धनको यस अघिको सहमती विपरीत उम्मेद्वारी दिएका स्वतन्त्र उम्मेद्वारलाई उम्मेद्वारी फिर्ता गराउन पहल गर्ने तथा गठबन्धन भन्दा बाहिरको तालमेल तत्काल खारेज गर्न र यदी उक्त तालमेल खारेज नगरेमा सम्बन्धित दलले तत्काल कारवाही गर्ने उक्त विज्ञप्तिमा उल्लेख छ ।
जाजरकोटमा सत्ता गठबन्धनका साझा उम्मेद्वार
जाजरकोटमा पनि सत्ता गठबन्धनमा आवद्ध ४ दलले साझा उम्मेद्वार बनाउने सहमती गरेको जनाएका छन् । गठबन्धनमा आवद्ध दलहरु साझा मापदण्ड बनाई सो मापदण्ड विपरीत उम्मेद्वारलाई उम्मेद्वारी फिर्ता गराउन पहल गर्ने निर्णय गरेको विहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।