सांसद सरला यादव नेकपा (एस)को प्रमुख सचेतक

काठमाडौं/ नेकपा (एस)ले सांसद सरला यादवलाई प्रमुख सचेतकको जिम्मेवारी दिने निर्णय गरेको जनाएको छ ‌। सो पार्टीका यस अघिका प्रमुख सचेतक जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेपछि रिक्त सो पदको जिम्मेवारी सांसद यादवलाई प्रदान गरेको बताइएको छ ‌।

मन्त्रीपरिषद पुनर्गठनमा महिला नसमेटिएपछि बढ्यो असन्तुष्टि

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषद पछिल्ला २ पटक पुनर्गठन हुँदा सो मन्त्रीपरिषदमा महिला अनुहार नपरेपछि महिलाहरुमा असन्तुष्टि देखिएको छ । नेकपा (एस) र जसपाको सिफारिसमा पछिल्ला पटक मन्त्रीपरिषद पुनर्गठन हुदा त्यहाँ महिला अनुहार परेनन् । शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा (एस)को तर्फबाट रामकुमारी झाक्री शहरी विकास मन्त्री र जसपाको तर्फबाट रेणुकुमारी यादव भौतिक पूर्बाधार तथा यातायात मन्त्री हुनुहुन्थ्यो ‌‌। हाल २० मन्त्री र ३ राज्यमन्त्री रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा (माके)का नेतृद्वय पम्फा भुसाल उर्जा , जलश्रोत तथा सिञ्चाई मन्त्री र शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री तथा नेपाली कांग्रेसकी नेतृ उमा रेग्मी महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री हुनुहुन्छ । नेपालको संविधान,२०७२ मा राज्यका सार्वजनिक पदमा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनु पर्ने व्यवस्था भएपनि त्यो व्यवहारमा राम्रो सँग कार्यान्वयंन भएको देखिदैन ।

Leave a Reply