सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने, नयाँ मुख्यमन्त्रीमा ३ जना आकाङ्क्षी

नेकपा(एमाले)ले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज सुदूरपश्चिम प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको जनाइएको छ । नेकपा (एस)का तर्फबाट मुख्यमन्त्री बनेका सोडारीले प्रदेश सभाका सबै सदस्यहरुसँग विश्वासको मत माग्ने बताउनुभएको छ तर नेपाली कांग्रेस र नेकपा (एमाले) लगायत बीच नयाँ गडबन्धन बनेकाले मुख्यमन्त्री सोडारीले प्रदेश सभाबाट विश्वासको मत पाउने सम्भावना अति कम रहेको जानकारहरु बताउछन् ।

शाह, देउवा र थापा मुख्यमन्त्री दाबेदार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री स‍ोडारीले विश्वासको मत नपाएमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमती भएको बताइएको छ । जसअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा दलका नेता तथा पूर्व मुख्यमन्त्री कमलबहादुर शाह, पूर्व भौतिक पूर्बाधार मन्त्री प्रकाशबहादुर देउवा र प्रदेश सभा सदस्य बहादुर सिंह थापा दावेदार देखिएका छन् तर यसबारेमा निर्णय भने भइनसकेको बताइएको छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सत्ता गठबन्धन बनेसँगै कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा (एमाले)ले तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले लिने सहमती भएअनुरुप बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकार बदलिनुका साथै बगमती प्रदेशका मुख्यान्त्री बहादुर सिंह लामा (तामाङ) नेतृत्वको बागमती प्रदेश सरकारले बागमती प्रदेश सभाबाट विश्वासको मत लिइसकेको छ भने कोशी प्रदेश र कर्णाली प्रदेश सरकारबाट नेकपा (माके) र नेकपा (एस) बाहिरिएका छन्। यस्तै जनमत पार्टीले नेतृत्व गरेको मधेश प्रदेश सरकारले पनि विश्वासको मत लिइसकेेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *