सू.न.पा. वडा नं.४ भित्र नेकपा (एमाले)का २१ वटा टोल कमिटी गठन

भक्तपुर/ भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.४ भित्र नेकपा (एमाले) का २१ वटा टोल कमिटी गठन भएको जानकारी प्राप्त भएको छ । सोही पार्टीका सूर्यविनायक नगर कमिटीका सदस्य तथा त्यसै वडा कमिटीका इञ्चार्ज विदुर खड्काले अलगपथसँग कुरा गर्दै पूर्व मन्त्री तथा नेकपा (एमाले)का पोलिटव्युरो सदस्य एवं भक्तपुर जिल्ला क्षेत्र नं २ का सांसद महेश बस्नेतको अगुवाईमा यस क्षेत्रमा भएका विकास निर्माणका कार्यबाट प्रभावित भई अन्य राजनीतिक दलहरु परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्ने र टोल कमिटीहरुमा कमिटेड हुने क्रम जारी रहेको छ’, भन्नुभयो ।

उक्त वडामा यही शनिवार नेकपा (एमाले)का टोल स्तरीय भेलाहरु भई टोल कमिटीहरु गठन भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *