सेनिटाइजर लगाएको हात राम्रोसँग नधोई खानेकुरा खानु हुदैन : जोशी

ललितपुर/ जनस्वास्थ्यकर्मी समेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य महेन्द्र जोशीले ‘सेनिटाइजर लगाएको हात राम्रोसँग नधोई त्यसले खानेकुरा खान हुदैन’, भन्नु भएको छ । सेनिटाइजर सहित विभिन्न औषधि र औषधिजन्य सामाग्री उत्पादन कार्यमा समेत सम्लग्न जोशीले अलगपथ डट कमसँग कुराकानी गर्ने क्रमम राष्ट्रिय पूँजी निर्माणलाई विशेष जोड दिनु हुदै एसीसी(MCC) सम्झौता नेपालको राष्ट्रिय हित विपरीत रहेकोले त्यसलाई खारेज गर्नु पर्ने खाँचो औंल्याउनुभयो । उहाँले ‘२०७८ भदौ ३० गतेदेखि आरम्भ भएको नेपाल कम्युनिष्ट पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन जारी रहेको छ र यो सम्मेलन २०७८ मंसीर अन्तिम साता जनकपुरमा समापन हुने छ’ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *