काठमाडौं/ सरकारले २०७९ बैशाख ३० गते देशैभर एकै चरणमा गर्ने भनेर घोषणा गरेको स्थानीय तहको निर्वाचनमा विधुतीय भोटिङ मेसिन प्रयोग गर्नु पर्ने आवाज उठिरहेको छ तर निर्वाचन आयोगले भने व्यवहारिक कठिनाई जस्ता अफ्ठ्यारो रहेको भनदै यसबेलासम्म सो निवार्चनमा भोटिङ मेसिनको प्रयोग गर्ने पक्षमा देखिएको छैन ।
स्थानीय तह निर्वाचनमा मतपत्र हरियो रङको हुने
स्थानीय तहको निर्वाचनको मतपत्र हरियो र स्वस्तिक छाप निलो रङको हुने निर्वाचन आयोगले जनाएको छ । त्यस निर्वाचनमा विभिन्न पदमा उम्मेद्वारी दिने उम्मेद्वारहरुको चुनाव चिन्ह उक्त मतपत्रमा रहने छ । बिगतका निर्वाचनहरुमा भने मतपत्र रातो रङको थियो ।
स्थानीय तहको निर्वाचनमा ७२ वटा दलले भाग लिने
आगामी बैशाखमा हुने भनिएको स्थानीय तहको निर्वाचनमा ७२ वटा राजनीतिक दलले भाग लिने घोषणा गरेको जानकारी प्राप्त भएको छ । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माके), नेकपा (एस), जसपा र लोसपा बाहेकका राजनीतिक दलहरुका उम्मेद्वारले आफ्नो चुनाव चिन्हबाट नभई स्वतन्त्र उम्मेद्वारको हैसियतमा चुनाव लड्नु पर्ने भएपनि ती दलहरु उक्त चुनावमा भाग लिन तयार भएका छन् ।