स्थानीय तह चुनावको लागि ७९ दलले पाए मान्यता

काठमाडौं/ निर्वाचन आयोगले ७९ वटा राजनीतिक दललाई आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन सक्ने गरी अनुमती प्रदान गरेको जनाएको छ । बिहीबार बसेको निर्वाचन आयोगको पदाधिकारीको बैठकले उक्त आयोगमा दर्ता भएका १११ मध्ये ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा स्थानीय तहको निर्वाचनमा भाग लिन अनुमतीको लागि आवेदन दिएपनि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बाहेकका ७९ दललाई उक्त अनुमती प्रदान गरेको बताइएको छ । नेपाल कम्युनिष्ट पार्टी भित्र विवाद देखिएकोले सो अनुमती नदिएको सोही आयोगको भनाई छ । यता नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले भने नेपाल कम्युनिष्ट पार्टीमा कुनै समस्या नभएको तर आफ्नो चुनाव चिन्ह प्रयोग गरी स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने जस्ता कारणले हाम्रो दलले स्थानीय तह निर्वाचनमा भाग नलिने भनेर यस अगाडि नै निर्वाचन आयोगलाई जानकारी गराएको बताएका छन् ।

आफ्नै चिन्हबाट चुनाव लड्न पाउनु पर्ने ३७ दलको माग

नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माके), नेकपा (एस), जसपा र लोसपा बाहेकका दलले स्थानीय तहको निर्वाचनमा सम्बन्धित राजनीतिक दलको रुपमा नभई स्वतन्त्र उम्मेद्वारको हैसियतमा स्थानीय तहको निर्वाचनमा भाग लिनु पर्ने निर्वाचन आयोगको निर्णयको ३७ वटा दलले बिरोध गरेका छन् । संसदीय निर्वाचनमा जम्मा खसेको मतको ३ प्रतिशत मत प्राप्त गरी कम्तीमा एक सीटमा प्रत्यक्ष निर्वाचनबाट जितेको दलले मात्रै स्थानीय तहको चुनावमा आफ्नो चुनाव चिन्हबाट निर्वाचन लड्न पाउने भन्ने कानुन संशोधन गर्न सरकार र संसद भित्रका राजनीतिक दलहरुलाई ती दलहरुले आग्रह गरेको ।

Leave a Reply