स्थानीय तह निर्वाचनका लागि दलहरुमा उम्मेद्वार छनौटको चटारो

काठमाडौं/ स्थानीय तहको निर्वाचनको मिति जतिजति नजिकिदै छ , त्यति नै दलहरुलाई पालिकामा मनोनयन गर्नु पर्ने मेयर , उप-मेयर ,वडा अध्यक्ष र वडा सदस्य पदका उम्मेद्वार छनौट गर्ने चटारो देखिएको छ । निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार यही बैशाख ११ र १२ गते पालिकाकामा १ मेयर र १ उप-मेयर, तथा वडामा १ वडा अध्यक्ष र १ महिला सहित ४ वडा सदस्य लागि उम्मेद्वार मनोनयन गर्नु पर्ने भएकोले त्यसको गृह कार्यमा दलहरु लागेका छन् । केही स्थानीय तहका लागि दलहरुले उम्मेद्वार छनौट गरेपनि अधिकांश स्थानीय तहका लागि उनीहरुले उम्मेद्वार छनौट गर्न सकेका छैनन् । आकाङ्क्षी धेरै हुदा नेकपा (एमाले), नेपाली काग्रेस, नेकपा (माके), जसपा लगायतका दलहरुलाई उम्मेद्वार छनौट गर्न सकस परिरहेको देखिएको छ तर ती दलहरुले ‌‌‌भोलिसम्ममा सबै पालिकाका मेयर र उप-मेयर तथा वडाका वडा अध्यक्ष र वडा सदस्यको उम्मेद्वार टुङ्गो लगाउने जनाएका छन् ‌।

स्थानीय तहको निर्वाचनमा सत्तारुढ ५ दलल महानगरपालिका र उप-महानगरपालिकाको मेयर र उप-मेयरको साझा उम्मेद्वार बनाउने गरी उम्मेद्वार भागबण्डाको टुङ्गो लगाएको छन् भने साझा उम्मेद्वार बनाउन सहमती हुन नसकेका स्थानीय तहमा ५ दलीय गठबन्धनमा आवद्ध दल बीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमती गरेका छन् ।

यता नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहालले संघ र प्रदेशको चुनावसम्मै यो गठबन्धनलाई जोगाएर लान त्याग गर्न आफ्नो दलका नेता-कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ ‌‌।

नेकपा (एस) बाहेक अरु दलसँग आवश्यकताको आधारमा तालमेल हुन सक्छ : उप-महासचिव गुरुङ

लोसपा , राप्रपा, नेपाल र परिवार दलसँग सहकार्य गरेर स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको नेकपा (एमाले)का उप-महासचिव पृथ्ली सुब्बा गुरुङले नेकपा (एस) बाहेकका सत्तारुढ दलहरुसँग पनि स्थानीय आवश्यकताको आधारमा सहकार्य हुन सक्ने अवस्था रहेको बताउनु भएको छ भने सोही पार्टीका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आफूले गरेको प्रतिनिधि सभा बिघटनले नेकपा (एमाले) बलियो शक्ति बनेकोले मैले गरेको प्रतिनिधि सभा बिघटन ठीक थियो भनेर जनतासामू भन्न आफ्नो पार्टीका नेता-कार्यकर्ताहरु निर्देशन दिनु भएको छ ।

उक्त पार्टीले प्रदेश सभा सदस्यहरुलाई पालिकाको उम्मेद्वार बन्न नपाउने निर्णय गरेको बताइएको छ तर बागमती प्रदेशका सभा सदस्य विजय सुबेदी भने भरतपुर महानगरपालिकाको मेयर पदको उम्मेद्वार बन्ने निश्चित भएको जानकारी प्राप्त भएको छ । जसका कारण उहाँले बिहीबार बागमती सभा सदस्य पदबाट सोही प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा दिनु भएको थियो भने उक्त राजिनामा सभामुखले श्रेष्ठले स्वीकृत गर्नु भएको जनाइएको छ ‌। सुबेदीले मेयरमा उम्मेद्वारी दिन पाउने तर अरुले उम्मेद्वारी दिन नपाउने कुराले मेयर पदका आकांक्षी कतिपय प्रदेश सभा सदस्यका असन्तुष्टिका स्वर सो पार्टी भित्र देखिएको छ ।

निर्वाचन आयोगले निर्वाचन सामाग्री जिल्ला पठाउन थाल्यो

निर्वाचन आयोगले बिहीबारदेखि स्थानीय तहको निर्वाचनका निमृति निर्वाचन सामाग्री जिल्लाहरुमा पठाउन थालेको जनाएको छ । ७७ वटै सदरमुकामको पालिकामा मुख्य निर्वाचन अधिकृत र बाँकी सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको र ती कार्यालयहरुमा बैशाख ११ गतेसम्ममा फर्निचर लगायतका आवश्यक सामाग्री व्यवस्था गर्ने गरी कार्य भइरहेको जनाइएको छ ।

यता अर्थ मन्त्रालयले समयमा आवश्यक बजेट विनियोजन नगरी दिदा निर्वाचनमा खटिने म्यादी प्रहरी लगायतका सुरक्षाकर्मीका लागि गर्नु पर्ने आवश्यक खर्च गर्न समस्या भ एको निर्वाचन आयोग श्रोतले जनाएको छ ।

……………………………………………………………………..

नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Leave a Reply