विराटनगर / सत्तारुढ दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आग्रहमा आज बस्ने तय भएको १ नं. प्रदेश सभाको बैठक २०७८ कार्तिक १५ गते बस्ने गरी स्थगित गरिएको छ । सूचना टाँसेर बैठक स्थगित गरिएको जानकारी दिएको थियो ।
आज दिउसो बस्ने भनी तर भएको उक्त प्रदेश सभाको बैठकमा १ नं. प्रदेशका मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची थियो । २०७८ भदौ १० गते आफ्नै दलका नेता शेरधन राईले मुख्यमन्त्री पदबाट राजिनामा दिएपछि मुख्यमन्त्री बनेका आचार्य नेतृत्वको १ नं. प्रदेश सरकार नेकपा (एमाले) विभाजन भई बनेको नेकपा(एस) मा नेकपा (एमाले) का १० जना प्रदेश सभा सदस्य लागेपछि अल्पमतमा परेको थियो ।
यता अल्पमत रहेको आचार्य नेतृत्वको नेकपा(एमाले) को सरकार बिस्थापित भएपछि बन्ने नयाँ सरकार नेकपा(एस) का सचिव राजेन्द्र राईको नेतृत्वमा बन्ने विपक्षी गठबन्धनमा रहेका दलहरु बीच सहमती भएको बताइएको छ तर १ नं. प्रदेश सभा दलका नेपाली काँग्रेसका नेता राजिव कोइरालाले भने १ नं. प्रदेश सरकार आलोपालो सञ्चालन हुनु पर्नेमा जोड दिनु भएको छ ।