२०७९ फागुन २६ र २७ गते नेकपाको बागमती प्रदेश सम्मेलन हुने

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बागमती प्रदेश सम्मेलन आउदो फागुन २६ र २७ गते काठमाडौंमा हुने भएको छ । सोही पार्टीका बागमती प्रदेश समितिका अध्यक्ष अर्जुन कार्कीको अध्यक्षतामा २०७९ पुस २३ गते शनिबार काठमाडौंमा बसेको बैठकले सो निर्णय गरेको त्यसै प्रदेश समितिका सचिव राजकुमार थापाले बताउनुभयो । उक्त बैठकले त्यस प्रदेशमा सोही पार्टीको संगठन निर्माण लगायतका कार्य योजना निर्माण गरेको उहाँको भनाई छ ।

नेपाल कम्युनिष्ट पार्टीले आउदो चैत्र २४,२५ र २६ गते विशेष राष्ट्रिय सम्मेलन गर्दै छ । सो पार्टीले ३ महिने पार्टी संगठन बिस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गर्दै छ ।

Leave a Reply