४ कम्युनिष्ट पार्टीले भदौ ७ गते नेपाल बन्द गर्ने

एमसीसी (MCC) र एसपीपी (SPP)को खारेजी लगायतका राष्ट्रिय स्वाधिनता , अग्रगमन र जनजीवीकासँग सम्बन्धी बिभिन्न माग राखी सडक संघर्ष गरिरहेका ४ कम्युनिष्ट पार्टीले नेपाल बन्दसम्मका संघर्षका कार्यक्रम घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशिल: नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी)ले शुक्रबार घोषणा गरेको संयुक्त संघर्षका कार्यक्रम अन्तर्गत आउदो भदौ १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने , भदौ ४ गते देशव्यापी विरोधसभा , काठमाडौं उपत्यकामा माइतीघर मण्डलामा केन्द्रित विरोधसभा, भदौ ६ गते देशव्यापी मसाल जुलुस र भदौ ७ गते नेपाल बन्द गर्ने ती पार्टीहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply