४ कम्युनिष्ट पार्टी सडक संघर्षमा

काठमाडौं/ ४ वटा कम्युनिष्ट पार्टीले एमसीसी तथा एसपीपी सम्झौता, नागरिकता विधेयक , महङ्गी र भ्रष्टाचार विरुद्ध जनसंघर्ष घोषणा गरेका छन् ‌।‌ ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशिल’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) ले मंगलबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा यही साउन १० देखि २१ गतेसम्मका उक्त संघर्षको कार्मक्रम घोषणा गरेका हुन् । जस अनुसार साउन १० गते पत्रकार सम्मेलन , साउन १३ गते देशव्यापी कोण सभा , साउन १५ गते देशव्यापी मसाल जुलुस , साउन १८ गते काठमाडौंमा अन्तर्क्रिया र साउन २१ गते प्रदेश सदरमुकाम र काठमाडौंमा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले जानकारी दिनुभयो । आउने साउन २१ गतेसम्म घोषित संघर्षका कार्यक्रमबाट हाम्रो माग पूरा नभए पुन: ४ कम्युनिष्ट पार्टीका नेताहरुको बैठक बसी थप संघर्षका कार्यक्रम घोषणा गर्ने योजना रहेको उहाँको भनाई छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादि समाजवादी)का अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशिल’ले सञ्चालन गरेको उक्त पत्रकार सम्मेलनमा वैज्ञानिक कम्युनिष्ट पार्टीका महासचिव आहुती र विप्लव नेतृत्वको नेपाल कम्युनिष्प पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढाले ४ कम्युनिष्ट पार्टीले घोषणा गरेको संघर्षको आवश्यकता र औचित्यबारे प्रकाश पार्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *