५ कम्युनिष्ट पार्टी र १ मोर्चाले कार्यगत एकतालाई निरन्तरता दिने

काठमाडौं/ कार्यगत एकता कायम गरिरहेका ५ कम्युनिष्ट पार्टी र १ मोर्चाले कार्यगत एकतालाई निरन्तरता दिने निर्णय गरेको जनाएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौंमा आज बसेको ५ कम्युनिष्ट पार्टी र १ मोर्चाको बैठकले सो निर्णय गरेको बैठक पछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल , नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सी.पी. गजुरेल , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुती र नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी)का अध्यक्ष सुशिलद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा ५ कम्युनिष्ट पार्टी र १ मोर्चाको भोलि अपरान्ह नै बैठक बसी आगामी संघर्षका कार्यक्रम र कार्यगत एकतालाई अरु व्यापक बनाउने निर्णय गरेको उल्लेख छ ‌।

Leave a Reply

Your email address will not be published. Required fields are marked *