काठमाडौं/ आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेपाली कांग्रेस, नेकपा (माके) , नेकपा (एस), जसपा र राजमोको सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय तहसम्म गठबन्धन निर्माण गर्ने कार्य भइरहेको बताइएको छ । यसै क्रममा चितवनमा ५ दलीय गठबन्धनले सबै स्थानीय तहको निर्वाचनमा मिलेर उम्मेद्वारी दिने निर्णय गरेको बताइएको छ । त्यसैगरी अछाममा पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले स्थानीय तहको निर्वाचनमा मिलेर उमेद्वारी दिने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।
प्रतिगमनका विरुद्ध बनेको यो गठबन्धन प्रदेश र संघको चुनावसम्म कायम रहने नेकपा (एस)का वरिष्ठ नेता झलनाथ खनालको भनाई छ ।
स्थानीय तहमा दलहरुको अवस्था लगायतका विषयको प्रतिवेदन केन्द्रमा आएपछि ५ दलीय गठबन्धनले चुनावी तालमेल बारे अन्तिम टुङ्गो लगाउने जनाइएको छ