६ कम्युनिष्ट पार्टी र २ मोर्चाद्वारा एमसीसी सम्झौताको बिरोध कार्यक्रम घोषणा

काठमाडौं/ शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रघाती एमसीसी (MCC) सम्झौता संसदबाट पारित गराउन प्रयत्न गरिरहेको भन्दै त्यसको बिरोधमा संघर्ष गर्दै आएका ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले बिरोध कार्यक्रम घोषणा गरेका छन् । आइतबार नेपाल कम्युनिष्ट पार्टीको कार्यालय, बुद्धनगरमा बसेको संयुक्त बैठकले यही माघ २५ गते देशैभर एमसीसी सम्झौता बिरुद्ध संयुक्त कोणसभा गर्ने र माघ २६ गते १२:०० बजे काठमाडौं उफत्यकामा माइतीघरबाट जुलुस सहित संसंद भवन अगाडि बिरोध प्रदर्शन र दैशैभरका सदरमुकामहरुमा संयुक्त विरोध तथा सभा गर्ने निर्णय गरेको थियो ।

उता संसदमा रहेको नेमकिपाले पनि एमसीसी सम्झौता खारेजीको माग गर्दै यसको संसद र सडकमा तीव्र बिरोध गरिरहेको छ ।

देशभर एमसीसी सम्झौता राष्ट्रको हित विपरीत भएकोले यसको खारेजीको माग भइरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई संसदबाट अनुमोदन गराउन प्रयत्न गरिरहनु भएको खबर सार्वजनिक भएका छन् ।

यता एमसीसी सम्झौता संसदबाट पारित नहुदै ११ अर्ब भन्दा बढी रकम खर्च गरी सकेको एमसीए ,नेपालले वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विद्युत नियमन आयोगसँग छुट्टा छुट्टै सम्झौता गरी नेपालमा समानान्तर सरकार बनाउन खोजेको तथ्य सार्वजनिक गर्दै नेकपा (एमाले) का नेता भीम रावलले त्यसको बिरोध गर्नु भएको छ । एमसीसी सम्झौताको बिरोध गरिरहनुभएका उहाँले यो सम्झौता खारेज हुनु पर्ने बताइरहनुभएको छ ।

Leave a Reply