५ कम्युनिष्ट पार्टी र १ मोर्चाले भोलि नेपाल बन्द गर्ने

काठमाडौं/ भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारले एमसीसी(MCC) सम्झौता टेबुल गर्ने तयारी गरेको भन्दै त्यसको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा(क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी केन्द्र समाजवादी ) र देशभक्त जनगणतान्त्रिक मोर्चाले नेपाल बन्द गर्ने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अलगपथसँग कुरा गर्दै राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्नु पर्ने देशभक्त नेपाली जनताको मागलाई कुल्चेर सरकारले संसदबाट यसलाई पारित गर्ने तयारी गरेकोले भोलि नेपाल बन्दको घोषणा गर्न ५ कम्युनिष्ट पार्टी र १ मोर्चा बाध्य भएको बताउनुभयो । ती दल तथा मोर्चाका नेताहरुले राष्ट्रिय स्वाधिनताको रक्षाको लागि आयोजना गरिएको भोलिको नेपाल बन्द सफल पार्न सम्पूर्ण देशबासीहरुलाई अपील गरेका छन् ।

एमसीसी सम्झौता राष्ट्रघाती भएकोले त्यसलाई खारेज गर्नु पर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी) वैज्ञानिक कम्युनिष्ट पार्टी नेपाल , नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले संयुक्त रुपमा सडक संघर्ष गर्दै आएका छन । नागरिकहरुले पनि एमसीसी सम्झौता राष्ट्रको हित विपरीत भएकोले त्यसलाई खारेज गर्नु पर्ने माग गरिरहेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *