राप्रपाका महामन्त्री भुवन पाठक बागमती प्रदेश सभाको सभामुखमा निर्वाचित

अन्तत: संबैधानिक राजतन्त्र , हिन्दु राज्य र संघीयता खारेजीको मुद्धा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठक नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकिपाकी सृजना सैंजुलाई पछि पारी बागमती प्रदेश सभाको सभामुखमा निर्वाचित हुनुभएको छ । आज भएको सो प्रदेशको सभामुख पदको निर्वाचनमा ११० मध्ये ६२ मत प्राप्त गरी उहाँ विजयी हुनुभयो । उहाँलाई नेकपा (एमाले)का २७ , नेकपा (माके)का २० , राप्रपाका १३ र हाम्रो नेपाली पार्टीका २ गरी ६२ प्रदेश सभा सदस्यले मतदान गरेका थिए तर बागमती प्रदेश सरकारलाई समर्थन गरेको नेकपा (एस)का ७ जना प्रदेश सभा सदस्य भने सभामुख पदको निर्वाचनमा तटस्थ बसे । सभामुख पदमा पराजित नेपाली कांग्रेसका शिवराज आधिकारीले ३६ र नेपाल मजदुर किसान पार्टीकी सृजना सैंजुले ३ मत पाउनुभयो । बागमती प्रदेश सभाको बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले भने मतदान गर्नु भएन । ७३ बर्षीय ढुंगाना नेकपा (माके)का बागमती प्रदेश सभा सदस्य हुन् ।

नवनिर्वाचित सभामुख पाठकले आजै प्रदेश प्रमुख यादव चन्द्र शर्माबाट पद तथा गोपनियताको सपथ ग्रहण गरी पदभार सम्हालनुभयो । आज नवनिर्वाचित सभामुख पाठकको अध्यक्षतामा बसेको बागमती प्रदेश सभाको बैठक बसेको थियो । बागमती प्रदेश सभाको अर्को बैठक आउदो सोमबार दिनको २ बजेका लागि बोलाइएको छ । सोही बैठकले बागमती प्रदेश सभाको उप-सभामुख पदको निर्वाचन गर्ने जनाइएको छ ।

बागमती प्रदेश सभाको उप-सभामुख पदमा तीन जनाको उम्मेद्वारी

आउदो माघ २ गते सोमबार हुने बागमती प्रदेश सभाको उप-सभामुखमा नेपाली कांग्रेसकी सुना परियार , नेकपा (एमाले)की अप्सरा चापागाईँ र नेमकिपाकी गीता काफ्लेले उम्मेद्वारी मनोनयन गर्नुभएको छ । उप-सभामुख पदकी नेपाली कांग्रेसकी परियारको प्रस्तावकमा उत्तम जोशी र समर्थकमा याङ्किला शेर्पा हुनुहुन्छ । यसैगरी उप-सभामुख पदकी नेकपा (एमाले)की चापागाईँको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा हुनुहुन्छ भने उप-सभामुख पदकी नेमकिपाकी उम्मेद्वार गीता काफ्लेको प्रस्तावकमा सुरेन्द्रराज गोसाई र समर्थकमा सृजना सैंजु हुनुहुन्छ ।

Leave a Reply