काठमाडौं / यही भदौ २९ गते नेपाल सरकार , मन्त्रीपरिषदले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएका ९०३ जनालाई छैटौं संविधान दिवसमा विभिन्न मानपदवी र अलंकारबाट विभुषित गर्ने भनी गरेको निर्णयमा राष्ट्रपति विद्यादेवी भण्डारीले हस्ताक्षर गरेकी छन् । छैटौं संविधान दिवसका दिन घोषणा गरेका मानपदवीबाट विभुषित हुने भनेर घोषणा गरेकामा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई , झलनाथ खनालदेखि पूर्व प्रधानमन्त्री तथा नेकपा(एस) का अध्यक्ष माधवकुमार नेपालका पितादेखि पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता अनि प्रधानन्यायधीश चोलेन्द्र शमशेर ज.ब.रा.देखि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्य, कोमल निरौला (कोमल कुमार शर्मा निरौला) , गायिका विष्णु माझी , नायिका केकी अधिकारीदेखि नायक अनमोल के.सी.सम्म छन् तर यीमध्ये पूर्वमन्त्री तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर प्रेमलाल सिंह (प्रबल जनसेवाश्री पदक) , कार्टुनिष्ट रविन सायमी (प्रबल जनसेवाश्री पदक) र पत्रकार हरिबहादुर थापा (सुप्रबल जनसेवाश्री पदक) ले आफूलाई प्रदान गर्ने मानपदवी नलिने घोषणा गरेका छन् । उता सो मानपदवी प्रदान गर्ने भनेर घोषणा गरेका केही नामप्रति पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले व्यङ्ग्य गरेका छन् ।
यता मानपदवी र अलंकार प्रदान गर्ने सरकारको सो निर्णयलाई लिएर कतिफयले आलोचना गरेको पनि सुनिएको छ । राज्यले राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान गरेका व्यक्तित्वहरुको योगदानलाई कदर गर्नु आफैमा राम्रो भएपनि भूकम्प , भारतद्वारा गरिएको नाकाबन्दी र कोभिड-१९ ले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परिरहेको बेला यस्ता मानपदवी र अलंकार प्रदान गर्ने जस्ता कार्यमा खर्च गर्नु ‘कामकुरो एकातिर , कुम्लो बोकी थिमी’तिर भनेर यसको उनीहरुले खिल्ली उडाएका छन् ।
![](https://alagpath.com/wp-content/uploads/2021/09/IMG_20210920_042234-1.jpg)
![](https://alagpath.com/wp-content/uploads/2021/09/IMG_20210920_042310.jpg)
![](https://alagpath.com/wp-content/uploads/2021/09/IMG_20210920_042234.jpg)
![](https://alagpath.com/wp-content/uploads/2021/09/IMG_20210920_042310-1.jpg)
![](https://alagpath.com/wp-content/uploads/2021/09/IMG_20210919_203813.jpg)
![](https://alagpath.com/wp-content/uploads/2021/09/IMG_20210919_203434.jpg)
![](https://alagpath.com/wp-content/uploads/2021/09/IMG_20210919_203623.jpg)
![](https://alagpath.com/wp-content/uploads/2021/09/IMG_20210919_203726.jpg)