नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेश प्रमुखमा कैलालीका दीपकप्रसाद देवकोटा , गण्डकी प्रदेश प्रमुखमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशीलाई नेपालको संविधानको धारा १६३ (२) बमोजिम नियुक्त गरेको रा्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्रीपरिषदको गत सोमबार बसेको बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा , लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई हटाएर देवकोटालाई बागमती, घर्तीमगरलाई लुम्बिनी र जोशीलाई कर्णाली प्रदेशको प्रमुख बनाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको बताइएको थियो । नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली पछिल्लो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक प्रदेश प्रमुख फेरिएका हुन् ।
यता केन्द्रमा सरकार परिवर्तन भएसँगै बीचैमा प्रदेश प्रमुख फेरिने क्रम २०७४ यता पटक पटक भएका छन् । यस्तो कार्यले राम्रो परम्पराको विकास नहुने सरोकारवालाहरु बताउछन् ।