राष्ट्रपति भण्डारीद्वारा नेपाल सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत

काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभयो । ६५ पृष्ठको सो नीति तथा कार्यक्रममा प्रदेश र स्थानीय तहलाई बलियो बनाउने लगायतका विषय समावेश गरिएको छ ।

यो नीति तथा कार्यक्रमलाई सत्ता पक्षीय सांसदहरुले मुलुकको आर्थिक समस्याको समाधान गर्ने तथा मुलुकको विकास र प्रगति अगाडि बढाउने कार्यक्रमको रुपमा लिएको देखिएको छ । यता प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले भने यसमा मुलुकका समस्या समाधान गरी देशलाई अग्रगमन लाने नयाँ केही कार्यक्रम नभएको टिप्पणी गरेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *