राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा.श्रेष्ठद्वारा पदभार ग्रहण

आज दिउसो सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले उहाँलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोश्रो पटक प्रधानमन्त्री भएको बेला नेपाल राष्ट्र बैंकका राष्ट्र ऋण व्यवस्थापन विभागका पूर्व कार्यकारी निर्देशक डा.श्रेष्ठ ‌‌‌‌ २०७३ सालमा पनि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेर कार्य गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *