राष्ट्रिय सभाको अध्यक्षमा नेकपा (माके)का उम्मेद्वार नारायण दाहाल विजयी

सत्ता गठबन्धनको समर्थन पाएका नेकपा (माके)का उम्मेद्वार नारायण दाहाल नेपाली कांग्रेसका उम्मेद्वार युवाराज शर्मालाई पराजित गरी राष्ट्रिय सभाको अध्यक्ष पदमा विजयी हुनुभएको छ । राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित दाहालले नेकपा (माके), नेकपा (एमाले), नेकपा (एस) र जनता समाजवादी पार्टी,नेपालका गरि ३९ जना सांसदको मत पाउनुभयो भने उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका युवराज शर्माले नेपाली कांग्रेस र लोसपाका गरि १७ जना सांसदको मत पाउनुभयो । राष्ट्रिय सभाका ५९ मध्ये ५६ जना सांसदको उपस्थिति रहेको थियो ।

राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका दाहालले आफूले राष्ट्रिय सभाको गरिमा बढाउने गरि काम गर्ने बताउनुभयो । उहाँलाई सांसदहरु लगायतले बधाई ज्ञापन गरेकन थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *