राष्ट्रिय सभाको अध्यक्ष पदको निवार्चन फाल्गुण २९ गते हुने , अध्यक्षमा दाहाल र शर्मा भिड्ने

रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचन यही फाल्गुण २९ गते मंगलबार दिउँसो हुने संघीय संंसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालको निर्देशन बमोजिम सो कार्यतालिका सार्वजनिक गरैको बताइएको छ ।

राष्ट्रिय सभाको अध्यक्ष पदमा नेकपा (माके)ले नारायण दाहाल र नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेद्वार बनाउने निर्णय गरेको जनाइएको छ । दुबै दललेे दाहाल र शर्मालाई उम्मेद्वार बनाउने निर्णय गरेका हुन् । अध्यक्षमा नेकपा (माके)ले र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेद्वारलाई सत्ता गठबन्धनको साझा उम्मेद्वार बनाउने यस अगाडि सहमती भए अनुरुप दाहाल सो गठबन्धनको साझा उम्मेद्वार हुनेछन भने राष्ट्रिय सभाको अध्यक्ष निवार्चनपछि राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद त्याग गर्ने जानकारहरु बताउछन् ।

यता अध्षक्ष पदका आफ्ना उम्मेद्वार शर्मालाई विपक्षी दलहरुको साझा उम्मेद्वार बनाउन नेपाली कांग्रेसले पहल गर्ने निर्णय गरेको बताइएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे कार्यकाल यही फाल्गुण २० गते पूरा भएसँगै राष्ट्रिय सभाको अध्यक्ष पद रिक्त रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *