राष्ट्रिय सहकारी बैंक लि.द्वारा www.elibrary.ncbl.coop सञ्चालन शुरु

राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो कारोबार शुरु भएको १९औं बर्ष पुरा भएको अवसरमा बिहीबारबाट ईलाइब्रेरी.एनसीबीएल.कुप (www.elibraray.ncbl.coop) सञ्चालन शुरु गरेको छ । यसको सोही बैंकका अध्यक्ष के.बी. उप्रेतीले शुभारम्भ गर्नुभयो । । यसमा ७६१ वटै सहकारी ऐन लगायतका सहकारीका लागि आवश्यक पर्ने कानुनहरु, सहकारीका लागि आवश्यक सूचनाहरु र शिक्षामूलक सामाग्रीहरु, तालिमका भिडियोहरु, लेख रचना लगायतका विषयमा यस समावेश हुने र यसलाई भविष्या अझै परिस्कार गर्दै लगिने सोही बैंकका बरिष्ट तालिम अधिकृत बल्लभ तिमिल्सिनाको भनाई छ ।

२०६१ साउन १९ गतेबाट वित्तीय कारोवार शुरु गरेको राष्ट्रिय सहकारी बैंक लिमिटेडले मुख्य कार्यालय सहित ६८ वटा शाखा कार्यालय मार्फत आफ्ना सदस्य संस्थाहरु वित्तीय सेवा प्रवाह गरिरहेको छ । नेपाल राष्ट्र बैंकबाट सिमित वित्तीय कारोवारको अनुमती प्राप्त गरेको यो बैंकका चेक क्लियरेन्सको समस्या समाधान हुनु पर्ने सरोकारवालाहरुको भनाई छ ।

Leave a Reply