रौतहट जिल्ला बचत संघको अध्यक्षमा विभु प‍ोखरेल चयन

रौतहट जिल्ला बचत तथा ऋण सहकारी संंघ लि.को निर्वाचन सहितको २७औँ वार्षिक साधारण सभा संकल्प बचत तथा ऋण सहकारी संस्था लि., चन्द्रपुरका अध्यक्ष समेत रहेका सहकारी अभियन्ता विभु पोखरेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरि २०८० माघ ६ गते शनिबार सम्पन्न भयो । ४ वर्ष कार्यकाल रहने सो सञ्चालक समितिको उपाध्यक्षमा रामविश्वास पासवान, महासचिवमा देवबहादुर सापकोटा , सचिवमा बसन्त आचार्य , कोषाध्यक्षमा नरेन्द्र राना र सदस्यमा कल्पना दाहाल, लक्ष्मीकुमारी घिमिरे , रामकन्त प्रसाद, पद्मप्रसाद पहाडी, राजेन्द्र राय यादव , दूर्गा आचार्य र दूर्गादेवी दाहाल चयन हुनुभएको छ । यसैगरी सााधारण सभाले जितेन्द्र चौधरीको संय‍ोजकत्वमा लेखा सुपरीवेक्षण समिति पनि चयन गरेको छ । ४ वर्ष नै कार्यकाल रहने लेखा सुपरीवेक्षण समितिको सदस्यमा इश्वरी पौडेल र धर्मवीर ठाकुर हुनुहुन्छ ।

उक्त संंघको सञ्चालक समिति र लेेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले कार्यकाल सफलताको कामना सहित बधाइ ज्ञापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *