ललितपुर महानगरपालिका वडा १८, मगरगाउँ चोकमा खाली रहेको सार्वजनिक जग्गामा तरकारी व्यापार गर्दै आएका तरकारी व्यापारीहरु केही स्थानीय युवाहरुले जथाभावी पैसा उठाएका कारण मारमा परेको देखिएको छ ।

‘त्यहाँ तरकारी व्यापारीका ८ वटा स्टल रहेका छन् र स्थानीय दीपक थापा, सलिम थापा लगायतका व्यक्तिले तरकारीको प्रति स्टलबाट दैैनिक रुपमा रु.१०० का दरले पैसा उठाउछन् र यसरी ती ८ वटा स्टलबाट महिनामा २४,०००० रुपैया उठाउछन् तर त्यो पैसा उनीहरुले किन उठाउछन् र त्यो पैसा कहाँ जान्छ भन्ने कुरा आफूलाई केही थाहा छैन र यसबारेमा स्थानीय प्रहरी प्रशासन तथा वडा कार्यालय किन मौन छन् ? कतै यसमा उनीहरु पनि सम्लग्न त छैनन्’, सैंबुका एक स्थानीयबासीले अलगपथलाई बताए तर प्रहरीले भने यसबारेमा जानकारी नभएको बताएको छ । यसबारेमा त्यहाँका तरकारी व्यापारी भने मौन छन् ।