ललितपुर जिल्ला बचत संघको अध्यक्षमा पुन: रामहरि बजगाईँ विजयी

पुन: रामहरि बजगाईँको अध्यक्षतामा सञ्चालक समिति निर्वाचित गर्दै ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २८औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भयो । सो सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा करुणारत्न बज्राचार्य , उपाध्यक्षमा लक्ष्मी शाक्य र सचिवमा श्यामकृष्ण महर्जन पुन: विजयी हुनुभयो भने कोषाध्यक्षमा वसन्त माली विजयी हुनुभयो । अध्यक्ष पदमा विजयी बजगाईँले २२५ मत प्राप्त गर्नुभयो भने अध्यक्ष पदका अर्का प्रत्यासी नरेन्द्र महर्जनले १३३ मत प्राप्त गर्नुभयो । यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा विजयी बज्राचार्यले २३३ मत पाउनु भयो भने उहाँका प्रतिस्पर्धी कर्ण देशारले १२५ मत पाउनुभयो । त्यसैगरी उपाध्यक्ष पदमा निर्वाचित शाक्यले २३८ मत पाउनुभयो भने उहाँकी प्रतिस्पर्धी उज्वला बज्राचार्य शाक्यले १२२ मत पाउनुभयो । त्यसैगरी सचिवमा विजयी महर्जनले १९२ मत पाउनुभयो भने उहाँका प्रतिस्पर्धीद्वय दीपक घिमिरे र राजु ताम्राकारे क्रमश:९८ र ६९ मत पाउनुभयो । त्यसैगरी कोषाध्यक्षमा निर्वाचित मालीले २०४ मत र उहाँका प्रतिस्पर्धी विभुशोन शाक्यले १५४ मत प्राप्त गर्नुभयो । यस्तै सञ्चालक समितिको सदस्यमा राजेन्द्र घिमिरे , नवराज सिवाकोटी , सानुकाजी महर्जन , राजकृष्ण महर्जन , कृष्ण श्रेष्ठ, देवेन्द्र श्रेष्ठ , सरिता महर्जन अवाले , रमिला महर्जन , उर्मिला सापकोटा शाक्य र विनोद महर्जन विजयी हुनुभयो । त्यसैगरीलेखा सुपरीवेक्षण समितिको संयोजकमा सानुकाजी महर्जनले २३५ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी किशोर चिमिरेले १२३ मत पाउनु भएको थियो । लेखा सुपरीवेक्षण समितिको सदस्यमा कान्छा बज्राचार्य र लक्ष्मी श्रेष्ठ विजयी हुनुभयो ।

यो निर्वाचनमा सोही संघका अध्यक्ष रामहरि बजगाईँ र सञ्चालक नरेन्द्र महर्जनको नेतृत्वमा छुट्टा छुट्टै प्यानल चुनावी मैदानमा खडा भएका थिए भने सचिवमा पुन: निर्वाचित श्यामकृष्ण महर्जन स्वतन्त्र उम्मेद्वार बन्नुभएको थियो । ५ पदाधिकारी र १० सदस्य रहेको सञ्चालक समितिमा ४ पदाधिकारी र ९ सदस्य तथा लेखा सुपरीवेक्षण समितिको संयोजक र १ सदस्य पदमा रामहरि बजगाईँ पक्षका र सञ्चालक समितिको १ सदस्य र लेखा सुपरीवेक्षण समितिको १ सदस्य पदमा नरेन्द्र महर्जन प्यानलका उम्मेद्वार विजयी हुनुभयो । यो निर्वाचनमा ३६३ मत खसेको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा विजयी उम्मेद्वारहरुलाई सोही निर्वाचन समितिका संयोजक अधिवक्ता लक्ष्मण महर्जन तथा सदस्यद्वय चन्द्रलाल डंगोल र तेजप्रसाद बजगाईँले बधाई ज्ञापन गर्दै विजयी प्रमाण-पत्र प्रदान गर्नुभयो । त्यसै अवसरमा नवनिर्वाचित अध्यक्ष बजगाईँले सहकारीको सिद्धान , मुल्य , मान्यता तथा संविधान , ऐन र नियमलाई पालना गरी आफू नेतृत्वको नवनिर्वाचित टिमले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यो कार्यकालभरी मात्रै आफू यस संघमा रहेर कार्य गर्ने बताउनुभयो । उहाँ २०६० देखि बिभिन्न पदमा रहेर यो संघमा कार्यरत हुनुहुन्छ ।

उक्त साधारण सभाको राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका अध्यक्ष मिनराज कँडेलले उद्घाटन गर्नुभएको थियो । उक्त अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका अध्यक्ष कँडेलले सहकारी संघ/संस्थाहरु हल्लाको पछि नलागी संयमित भएर अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले गरिरहेको प्रगतिको प्रशंसा गर्दै यस संघले आफ्ना सदस्य संस्थाहरुमा तरला समस्या उत्पन्न हुने वातावरण बन्न नदिने गरी आवश्यक सेवा प्रवाह गर्नु पर्ने खाँचो औंल्याउनुभयो ।

सोही अवसरमा त्यसै संघका अध्यक्ष रामहरि बजगाईँले सो संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले सदस्य संस्थाहरुको माग अनुरुपकै सेवा प्रवाह गरिरहेको बताउदै सबैको साथ र सहयोगले नै हाम्रो यो संघ निरन्तर प्रगतिपथमा अगाडि बढ्न सकेको भन्दै त्यसका लागि सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । सोही संघका सचिव श्यामकृष्ण महर्जनले सञ्चालन र व्यवस्थापक सन्तोष बजगाईँले संयोजन गर्नु भएको त्यस साधारण सभामा सो संघका कोषाध्यक्ष दीपक घिमियेले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक अशोक महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रसृतुत गर्नुभयो । प्रतिनिधिहरुले ती प्रतिवेदन उपर छलफल गरी साधारण सभाबाट तिनलाई पारित गरेका थिए ।

साधारण सभाबाट पारित प्रतिवेदनमा ४८१ वटा साकोस सदस्य रहेको यो संघको आर्थिक वर्ष २०७८/०८९ को अन्तसम्ममा रु.१,५९,००,००,००० रहेको उल्लेख छ ।

सो अवसरमा ललितपुरको प्रयाग पोखरीमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लि.लाई उत्कृष्ट व्यवसाय पुरस्कार प्रदान गरी सम्मानित गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *