ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले ललितपुर जिल्लामा सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरु मध्येबाट १२ वटा बचत तथा ऋण सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । यही भदौ २७ गते सोमबार सम्पन्न सो संघको निर्वाचन सहितको २८औं वार्षिक साधारण सभामा नवरत्न बचत तथा ऋण सहकारी संस्था लि.,टौखेल
, हाम्रो बचत तथा ऋण सहकारी संस्था लि., प्रयागपोखरी , शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि., त्यागल , दिपावती बचत तथा ऋण सहकारी संस्था लि., गुइटोल, प्रयाग बचत तथा ऋण सहकारी संस्था लि., प्रयागपोखरी
र ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि.,कुमारीपाटीलाई सहकारी व्यवसाय पुरस्कार प्रदान गरियो भने कार्यविनायक बचत तथा ऋण सहकारी संस्था लि.,खोकना दोबाटोलाई ललितपुर महानगरपालिकामा , आधारशिला बचत तथा ऋण सहकारी संस्था लि., टिकाथलीलाई महालक्ष्मी नगरपालिकाको , सरस्वती महिला बचत तथा ऋण सहकारी संस्था लि., चापागाउँलाई गोदावारी नगरपालिकाको , जोसिलो महिला बचत तथा ऋण सहकारी संस्था लि., प्युटारलाई बागमती गाउँपालिकाको , एकता बचत तथा ऋण सहकारी संस्था लि., गोटीखेललाई महांकाल गाउँपालिकाको र कोञ्ज्योसोम महिला बचत तथा ऋण सहकारी संस्था लि., थौखोलाई कोञ्ज्योसोम गाउँपालिकाको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गरिएको थियो । ती संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिलाई राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेल र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईँले संयुक्त रुपमा पुरस्कार प्रदान सम्मानित गर्नु भएको थियो ।
ललितपुरको लगनखेलमा मुख्य कार्यालय र टौखेलमा सेवाकेन्द्र रहेको उक्त संघको २८औं वार्षिक साधारण सभाले पुन: रामहरि बजगाईँको अध्यक्षतामा ५ पदाधिकारी र १० सदस्यीय सहितको १५ सदस्यीय सञ्चालक समिति र सानुकाजी महर्जनको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ ।