लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री आचार्यद्वारा ८ सदस्यीय मन्त्रीपरिषद गठन

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज विहान लुम्बिाी प्रदेश प्रमुख अमिक शेरचनबाट मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ लिएसँगै ८ सदस्यीय मन्त्रीपरिषद गठन गर्नुभएको छ । सो मन्त्रीपरिषदमा भूमिश्वर ढकाल ,दिनेश पन्थी,बादशाह कुर्मी,धनेन्द्र कार्की, सरोज थापा, प्रचण्ड विक्रम न्यौपाने , खेमबहादुर सारू र सीता शर्मा हुनुहुन्छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद सहित १२ वटा मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा सत्तारुढ दलहरु बीच मन्त्रालय भागबण्डा टुङ्गो लागिनसककोले नव नियुक्त मन्त्रीहरुले विना विभागीय मन्त्रीको रुपमा लुम्बिनी प्रदेश प्रमुख शेरचनबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *