लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लुम्बिनी प्रदेश सभा दलका उपनेता आचार्य नियुक्त, गिरी हिस्स

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का लुम्बिनी प्रदेश सभा दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । नेकपा (एमाले) र नेपाली काग्रेसका गरि ५६ जना लुम्बिनी प्रदेश सभा सदस्यको समर्थनमा आचार्यले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गरेकाले प्रदेश प्रमुख शेरचनले आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेको जनाइएको छ ।

लुम्बिनी प्रदेश सभाबाट विश्वासको मत लिन सकिने अवस्था नदेखेपछि हिजो लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएपछि नेपालको संविधान,२०७२ को धारा १६८(२) बमोजिम आज साँझ ६ बजेसम्म सो प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको थियो ।

यता महराले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न तयारी गरेका नेकपा (एमाले)का लुम्बिनी प्रदेश सभा दलका नेता लीला गिरी सो पार्टीको केन्द्रीय कार्यालयबाट उपनेता आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन निर्देशन आएसँगै हिस्स भए । नवनियुक्त मुख्यमन्त्री आचार्य भने यस अघिको नेकपा (माके)का नेता जोखबहादुर महराको नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *