भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही श्रावण १९ गते शुक्रबार भक्तपुर नगरका सम्पदाहरुको रुपमा रहेको इन्द्रायणी पीठ प्रा·नदेखि ख्यो पुखु (धवाहिटी पुखु) हुदै कालदह (कालिदह)सम्मको सडक तथा सम्पदाहरुको सरसफाई कार्यक्रम सम्पन्न भयो ।

सो अवसरमा सोही संस्थाका भूतपूर्व अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं.२ का जननिर्वाचित वडा सदस्य श्याम सुन्दर मातांले भक्तपुर नगरपालिकाको एक सहकारी- एक सम्पदा अन्तर्गत लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.ले बार्षिक रुपमा विभिन्न सम्पदास्थलहरुको सरसफाई गर्दै आएकोमा त्यसका लागि आभार व्यक्त गर्नुभयो । उहाँले सामाजिक संघ, संस्था, विद्यालयहरु लगायतले पनि यस प्रकारको सरसफाई कार्यलाई निरन्तर गर्दै जानु पर्ने आवश्यकता औल्याउनुभयो । उहाँले भक्तपुरमा दशकौं अगाडि नै स्थानीय जनताको बचत लिएका विभिन्न सहकारी भागिसकेकोले त्यस्तो घटनाबाट बचतकर्ताले चेतना लिनुपर्ने हो तर हालसम्म पनि हाम्रै टोल छिमेकका दाजुभाइ तथा दिदीबहिनीहरुको पैसा त्यस्ता सहकारीहरुले लिएर भागेको सुन्नु पर्दा दु:खद हुने भन्दै भक्तपुर नगरपालिकाले हाल नगरका संकास्पद सहकारीहरुको समय- समयमा अनुगमन तथा सुसूचित गर्दै आएको जानकारी दिनुभयो ।
त्यस अवसरम लोकश्वर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजन जतिले सहकारी संस्था समुदायमा आधारित हुने भएकोले वित्तीय कारोबारमा मात्र सिमित नभई सामाजिक तथा सांस्कृतिक कार्यमा पनि लागि रहेको बताउनुभयो । उहाँले हाम्रो बचत जुनसुकै सहकारीमा जथाभावी राख्न नहुने र राख्नै परे स्थानीय रुपमा सञ्चालन हुदै आएको प्रतिष्ठित सहकारीमा मात्र राख्नु पर्नमा जोड दिनुभयो ।
त्यसै अवसरमा भक्तपुर नगरपालिका वडा नं.२ का वडा सदस्य मञ्जुमैंया लाखाजुले भक्तपुर नगरपालिकाले भक्तपुरको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरुबारे सुसूचित गराउने उद्देश्यले पर्यटन प्रवर्द्धनको लागि सांस्कृतिक सम्पदा पदयात्रा अन्तर्गत यही साउन २० गते भक्तपुरको पोखरी चिनौं, सम्पदा संरक्षणमा अघि बढौं भन्ने नारा सहित हुन लागेको बताउनुभयो । उक्त कार्यक्रमको सफलताको कामना गर्दै उहाँले लोकेश्वर साकोसले सांस्कृतिक सम्पदा क्षेत्रहरुको सरसफाई आयोजना गरेकोमा खुसी व्यक्त गर्दै धन्यबाद ज्ञापन गर्नुभयो ।
उक्त संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा उपसमितिहरुका पदाधिकारी र सदस्यहरु , शेयर सदस्यहरु , कर्मचारी तथा स्थानीय जनताको उल्लेख्य सहभागिता रहेको थिय ।
उक्त सरसफाई कार्यक्रममा त्यसै संस्थाका कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले सो संस्थाको गतिविधि र वित्तीय अवस्था तथा सम्पदाहरुको सरसफाइको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।





