लोकेश्वर साकोसको छलफल तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.,इताछें, भक्तपुरको आयोजनामा सहकारी ऐन, नियमावली तथा नेपाल राष्ट्र बैंकको निर्देशन र मापदण्ड सम्बन्धी छलफल तथा संस्था नगरस्तरीय उत्कृष्ट व्यवसाय पुरस्कार र ६८औं सहकारी दिवसको प्रभातफेरि -यालीमा उत्कृष्ट सहभागिता पुरस्कारबाट सम्मानित भएको अवसरमा धन्यवाद ज्ञापन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य सृजना सैंजुको प्रमुख आतिथ्यतामा २०८२ जेठ ९ गते शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि सैंजुले सहकारी संस्था समाजको अभिन्न अ·को रुपमा विकास भइरहेकोले सहकारीबाट सुव्यवस्थित एवं समुन्नत समाज निर्माणमा अहम् भूमिका खेल्नु पर्ने बताउनुभयो । उहाँले भक्तपुरको विभिन्न आन्दोलनमध्ये सहकारी आन्दोलनको छुट्टै महत्व रहेको र त्यस्तो आन्दोलन महिला सहभागिताले सफल भएको चर्चा गर्दै नेतृत्व तहमा महिला पुग्नु पर्ने खाँच‍ो औल्याउनुभयो । समाजवादी देशमा सहकारी आन्दोलनको अन्तर्राष्ट्रिय घटनाक्रमहरुको चर्चा गर्दै लेनिन र माओ त्सेतुबाट ती देशमा नेतृत्व तहले गरेका संघर्षबाट हामीले सिक्नुपर्ने उहाँले बताउनुभयो । उहाले सहकारी र बैंकको भिन्नतालाई औल्याउदै बैंक पूजीपति वर्गको हितको लागि र सहकारी गरिब तथा शोषित पीडित वर्गको हितको लागि सञ्चालन गर्ने बताउदै समाजवादी राष्ट्र निर्माणका साथै समाजको व्यापक एवं चौतार्फी हितका लागि नै सहकारी संस्था सञ्चालन हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका २ वडाका वडा अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाबाट सञ्चालित विभिन्न विकास निर्माण एवं समुदाय हितका लागि भइरहेका गतिविधिहरुको बारेमा प्रकाश पार्नुभयो । उहाले भक्तपुर नगरपालिका सबै क्षेत्रमा नमुना हुदै आएकोले सहकारीलाई पनि नमुनाको रुपमा विकास गर्नको लागि सम्पूर्ण सहकारीकर्मीहरुमा अपिल गर्नुभयो ।
यसैगरी बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारी क्षेत्रमा आएका वर्तमान समस्याहरु र संशोधित सहकारी ऐन, नियमावली तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिका र मापडण्द सम्बन्धी जानकारीमूलक प्रस्तुती प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य एवं लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक अध्यक्ष श्यामसुन्दर मातांले नगरमा सहकारी क्षेत्रको सुधारकालागि भक्तपुर नगरपालिकबाट नियमित रुपमा संस्थाहरुको अनुगमन गर्दै आएको र अनुगमनाका क्रममा देखिएका चुनौति एवं सहकारी समस्याहरुको बारेमा जानकारी दिनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्दै लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजन जतिले यस संस्थाले स्थापनाकालदेखि नै सदस्य केन्द्रीत विभिन्न शीपमूलक तालिम, प्रशिक्षण कार्यक्रम तथा गोष्ठि, अध्ययन अवलोकन भ्रमण र सांस्कृतिक बाजागाजा तथा नृत्यको प्रशिक्षण, समुदाय लक्षित सचेतनामूलक विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले सरकार र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन समुदायमा आधारित सहकारीको हित विपरित रहेको बताउदै ऐन नियमावली संशोधनको माग गर्नुभयोे । उहाँले संस्थाले विभिन्न सहकारीहरुमा देखिएको समस्याहरुको मिहिन विश्लेषण गर्दै सदस्यहरुले सहकारी चिनेर समुदायमा आधारित सहकारीमा मात्र आफ्नो बचत जम्मा गर्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा त्यसै संस्थाका सचिव राजु छुकां र प्रबन्धक प्रशान्त मानन्धरले पनि आ-आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

त्यस अवसरमा कार्यक्रमका अध्यक्ष जतिले प्रमुख अतिथि सैंजु लगायतलाई मायाको चिनो प्रदान गर्नुभय‍ो ।

कार्यक्रम झलक

Leave a Reply

Your email address will not be published. Required fields are marked *