लोकेश्वर साकोसको आय‍ोजनामा घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को ऋण उप-समितिको आयोजनामा शनिबार घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रम सम्पन्न भयो । सो संस्थाका अध्यक्ष राजन जतिले कार्यक्रममा मन्तव्य व्यक्त गर्दै लोकेश्वर साकोसले स्थापनाकालदेखि नै स निरन्तर रुपमा समुदायको हित र विकासका लागि वित्तीय कारोबार एवं विभिन्न सामाजिक तथा सांस्कृतिक कार्य र व्यवसायिक रुपमा सदस्यहरुलाई सक्षम र सवल बनाउने किसिमका तालिम तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दै आएको विचार व्यक्त गर्नुभयो । हालको सहकारीको अवस्थालाई दर्शाउदै अहिलेको देशको अर्थतन्त्र खलबलिएको अवस्थामा सामुदायका व्यक्तिहरुबाट साना तथा घरेलु उद्योगलाई प्रवर्द्धन गरी अगाडि लान सकेमा राम्रो हुने कुरा बताउनभयोे । साथै उहाले– सदस्यहरुले लिएको सिप तालिमलाई आफु वा परिवारमा मात्र सिमित नराखी व्यवसायिक रुपमा अगाडी लानुपर्ने कुरामा जोडदिनु भयो ।
कार्यक्रमका प्रशिक्षक एवं नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्र्रीय सदस्य वीरेन्द्र जतिले घरेलु तथा साना उद्योगको दर्ता प्रक्रिया तथा घरेलु तथा साना उद्योग सग सम्बन्धीत प्रचलित ऐन कानुनको विषयमा प्रशिक्षण दिनुभयो । साथै सो उद्योगसग सम्बन्धी मौलिक घरेलु उत्पादनमा संघको प्रयासहरु बारेमा जानकारी दिनुभयो । अर्का प्रशिक्षक तथा पर्यटन व्यवसायी एवं भक्तपुर पर्यटन विकास समितिका निवर्तमान अध्यक्ष रामसुन्दर भेलेले स्थानीय तथा पुरानो रैथाने सामाग्रीहरुको उत्पादन, त्यस्को बजारिकरण र पर्यटनसग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो ।
अन्तमा कार्यक्रमका संयोजक तथा संस्थाका उपध्याक्ष प्रनेश बाटीले सदस्यहरुको आर्थिक तथा सांस्कृतिक स्तर उकास्ने उद्देश्यले यस्ता कार्यक्रमहरु निरन्तर रुपमा गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने जानकारी गराउदै कार्यक्रमलाई समापन गर्नुभयो ।

कार्यक्रम झलक

Leave a Reply

Your email address will not be published. Required fields are marked *