लोकेश्वर साकोसमा बोल्ड टेक्स राइटिङग (Bold Text Writing) तालिम हुदै


भक्तपुर नगरपालिका-२,इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा बोल्ड टेक्स राइटिङ्ग (Bold Text Writing) तालिम सञ्चालन भइरहेको छ । २०८१ असार २३ गते सो तालिम शुभारम्भ भएको हो । एक हप्तासम्म सञ्चालन हुने उक्त तालिमको शुभारम्भको अवसरमा आयोजित औपचारीक कार्यक्रमलाई सम्बोधन गर्दै त्यसै संस्थाका अध्यक्ष राजन जतिले समुदायमा आधारित सहकारी संस्थाहरुले बचत र ऋण कारोबारमा मात्र केन्द्रित नभइ सदस्यहरुको प्रतिभालाई उजागर गर्ने किसिमका विभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीबाट सदस्यहरुको माग र आवश्यकतालाई ध्यानमा राखी संस्कृति र सामाजिक उत्थान हुने, युवा लक्षित र बालबालिकाहरुको मनोबल बढाउने जस्ता धेरै कार्यक्रमहरु सञ्चालन गर्दै आएको, जसबाट सदस्यहरु प्रत्यक्ष रुपमा लाभाम्वित भएको बताउनुभयो । प्रशिक्षार्थी सदस्यहरुले तालिमबाट सिकेको सीपलाई दैनिक जीवनमा उपयोग गर्दै समुदायमा पनि सीप रुपान्तरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । तालिमका प्रशिक्षक इन्द्रभक्त पंचले उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै हामीले निरन्तर रुपमा कोशिस गरेको खण्डमा कुनै पनि सीप सिक्न कठिन नहुने बताउदै प्रशिक्षार्थीहरुले तालिम सजिलैसँग सिक्ने विश्वास व्यक्त गर्नुभयो ।
सो संस्थाका सञ्चालक समिति सदस्य एवं युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिका संयोजक राजु छुकांको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सोही उप-समितिका सदस्य कल्पना द्योपालाले जम्मा १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेका र यो तालिमको समापन यही आउदो असार २९ गते शनिबार हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *