लोकेश्वर साकोसमा मोबाइल बैकिङ तालिम सम्पन्न

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा तथा बचत उपसमितिको आयोजनामा नयाँ संस्करणको माबाइल बैकिङ सञ्चालन सम्बन्धी तालिम सम्पन्न भयो । तालिममा संस्थाका अध्यक्ष राजन जतिले मन्तव्य व्यक्त गर्दै सो संस्थाको बिगत र बर्तमान अवस्थाको बारेमा प्रकाश पार्नु भयो । उहाँले अहिले सदस्यहरुको माग र आवश्यकता अनुसार मोबाइल बैकिङ सेवालाई आधुनिक सुविधा सहित प्रविधिमैत्री बनाउदै गएको जानकारी दिनुभयो । नयाँ संस्करणको मोबाइल बैकिङ मार्फत सदस्यहरुले मोबाइलबाट सजिलै घरमै बसी बचत गर्न, बैकिङ कारोबार र खाता सम्बन्धी जानकारी लिन सक्ने लगायतका धेरै सुविधाहरु प्राप्त गर्न सक्ने भएकोले सबै सदस्यहरुले यो सुविधा लिनु पर्नेमा उहाँले जोड दिनुभयो ।
तालिममा एम बैंक टेक्नोलोजी प्रा.लि.का प्रशिक्षक रोशनकुमार महतोबाट सदस्यहरुलाई मोबाइल बैकिङ सम्बन्धी सम्पूर्ण सुविधा प्रयोग गर्ने तरिका बारेमा विस्तृत रुपमा प्रस्तुती गर्नुभएको थियो ।

उहाँले यस सुविधा देशैभरीका धेरै वटा संस्थाहरुमा प्रयोगमा रहेको र यसबाट सदस्यहरुले कारोबार गर्दा सुरक्षित र प्रभावकारी रहने विचार व्यक्त गर्नु भएको थियो । शिक्षा तथा बचत उपसमितिका संयोजक कृष्णराम तुकंबञ्जारको संयोजकत्वमा भएको उक्त कार्यक्रममा उक्त संस्थाका ५० जना सदस्यहरुको सहभागिता रहेको थियो । त्यस तालिममा सहभागी सदस्यहरुले यो तालिम अत्यन्त प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए भने कार्यक्रमा शिक्षा तथा बचत उपसमितिका सदस्य सूर्यनारायण फाजु र संस्थाका प्रबन्धक प्रशान्त मानन्धर लगायतले आ-आफनो विचार व्यक्त गर्नु भएको थियो ।

लोकेश्वर साकोसमा मादल तथा सेल्फ मेकअप (self makeup) तालिम सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक र महिला उपसमितिको संयुक्त आयोजनामा सेल्फ मेकअप (self makeup) तालिम र मादल प्रशिक्षणको समापन कार्यक्रम साविक भक्तपुर नगरपालिका वडा नं. १५ का पूर्व वडा अध्यक्ष रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि खर्बुजाले देशको पछिल्लो राजनीतिक अवस्थाको चर्चा गर्दै कल्पना नै नगरेको राजनीतिक अवस्था भएको र भावी दिनहरुमा यो भन्दा नि खराब स्थिति रहने अदकल गर्नु भयो । उहाँले अहिलेको अस्थीर राजनीतिक अवस्थालाई औल्यांउदै सबै ठूला राजनीतिक दलहरु आफ्नो पार्टीको सिद्धान्त अनुरुप चल्न नसक्दा देश अहिलेको अवस्थामा आएको बताउनुभयो । उहाँले सो संस्थाले गरेको गतिविधिको चर्चा गर्दै सहकारी संस्थाहरुले पनि सहकारी सिद्धान्त अनुसार निरन्तर कार्य गर्न सकेमा मात्र प्रगतिको बाटोमा लम्कन सक्ने विचार व्यक्त गर्नु भयो । त्यस अवसरमा भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य श्यामसुन्दर मातांले देशको आर्थिक अवस्था दमादोल भएकोले तत्काल सुधारमा ल्याउनु पर्ने र यसमा सर्वसाधारणहरु आफै सर्तक रहनु पर्न विचार व्यक्त गर्नुभयो । त्यसै अवसरमा ल‍ोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजन जतिले यस संस्थाले स्थापना कालदेखि निरन्तर सदस्यहरुलाई अतिरिक्त गतिविधि, तालिम, सामाजिक क्रियाकलापहरु गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता क्रियाकलापहरुलाई निरन्तरता दिदै जाने बताउनुभयो । सहकारी संस्थाहरुमा देखिएका वेथितिलाई औल्यांउदै उहाँले अहिले सदस्यहरुले समुदायमा आधारित सहकारी र गैर -समुदायमा आधारित सहकारी सजिलै छुट्याउन सक्ने विचार व्यक्त गर्नुभयो । सांस्कृतिक उपसमितिका संयोजक कमलश्वरी खर्वुजाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मादल र सेल्फ मेकअप (self makeup) तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई प्रमाण- पत्र तथा धन्यबाद- पत्र वितरण भएको थियो । कार्यक्रममा प्रशिक्षार्थी रामसुन्दर सुजखु र विष्णुप्रभा सुवाल तथा उक्त संस्थाका महिला उपसमितिका सदस्य लक्ष्मीश्वरी तुकंबञ्जार र प्रबन्धक प्रशान्त मानन्धर लगायतले मन्तव्य व्यक्त गर्नु भएक‍‍ो थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *