काठमाडौं महानगरपालिका वडा नं.३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा मुकुन्दराज खनालको अध्यक्षतामा सञ्चालक समिति र विमोल भेटवालको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरी शनिबार काठमाडौंको सोह्रखुट्टेस्थित नयाँबजार मल्टी भेन्युमा सम्पन्न भयो । सो सञ्चालक समितिको उपाध्यक्षमा डा.लक्ष्मण शाक्य , सचिवमा अर्जुनप्रसाद रिमाल , कोषाध्यक्षमा पुरुषोत्तम गिरी र सदस्यमा दीपेन्द्र फुयाल , राजेन्द्र लुइटेल , शान्ता गौतम , मनोहरि तिवारी , सरस्वती महर्जन , रामेश्वर कनौजिया , सुरेश धिमाल , चन्द्रकुमार वाग्ले , संजय धिताल र प्रबन्ध निर्देशक डा.देशमर्दन बस्न्यात हुनुहुन्छ । यसैगरी लेखा सुपरीवेक्षण समिति सदस्यमा विनादेवी गोर्खाली र माधवप्रसाद तिमिल्सिना हुनुहुन्छ ।
सो साधारण सभाको राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.वी. उप्रेतीले गर्नुभयो । उहाँले उद्घाटन मन्तव्य व्यक्त गर्दै वचन साकोसको प्रतिवेदनमा उल्लेखित सबै सूचकाङ्क राम्रो रहेको भन्दै यस संस्याका शेयर सदस्यहरुले यो संस्थामा सबै कारोवार गर्न आग्रह गर्नुभयो । उहाँले शेयर सदस्यहरु जिम्मेवार बनेर वितीय कारोवार गरेका सबै सहकारी संस्थाहरुको अवस्था राम्रो रहेको बताउदै देशका ७७ वटै जिल्लाका सहकारी संघ/संस्थाहरु सदस्य रहेको राष्ट्रिय सहकारी बैंक लि.ले सहकारी संस्थाहरुको विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोही संस्थाका अध्यक्ष सुरज के.सी.को अध्यक्षतामा सम्पन् त्यस साधारण सभामा नेपाल खुला विश्वविद्यालयका निमित्त उपकुलपति प्रा.डा.अरहन स्थापितले समाजको आर्थिक तथा सामाजिक क्षेत्रमा सहकारीले महत्वपूर्ण योगदान गरिरहेको बताउनुभयो । उहाँले स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको वचन साकोसले स्थापना भ एको छोटै समयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो । यसैगरी काठमाडौं महानगरपालिका वडा नं.३० का वडाध्यक्ष दलबहादुर कार्कीले सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुको हितलाई ध्यानमा राखेर सेवा प्रवाह गर्नु पर्ने बताउदै सहकारीको प्रवर्द्धनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोही संस्थाका अध्यक्ष सुरज के.सी.ले उक्त संस्थाको सञ्चालक समितिको तर्फबाट कार्यक्रम, बजेट तथा व्यवस्थापकीय प्रणाली प्रतिवेदन ,२०७८/०८९ प्रस्तुत गर्दै शेयर सदस्य महानुभावहरुको अपार स्नेह , साथ र सहयोग एवं कर्मचारीहरुको मेहनत र परिश्रमले गर्दा नै हाम्रो यो संस्था निरन्तर प्रगति पथमा अगाडि बढिरहको भन्दै सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले आर्थिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको सहकारी क्षेत्रको राम्रो सँग विकास र प्रवर्द्धन हुनुपर्ने आवश्यकणा औंल्याउनुभयो ।
साधारण सभामा उक्त संस्थाका सचिव अर्जुनप्रसाद रिमालले संस्थाको कार्यक्रम , बजेट तथा व्यवस्थापकीय प्रतिवेदन,२०७८/०७९, कोषाध्यक्ष पुरुषोत्तम गिरीले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिकी संयोजक सरस्वती महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । ती प्रतिवेदनहरु माथि शेयर सदस्यहरुले छलफल गरेपछि साधारण सभाबाट पारित गरियो ।
त्यसै संस्थाका प्रबन्ध निर्देशक डा. देशमर्दन बस्न्यातले हाम्रो यो वचत बचत तथा ऋण सहकारी संस्था लि.को गतिविधिको बारेमा प्रकाश पार्दै समयमा जोखिमको पहिचान र सुपरीवेक्षण नभएका सहकारी संस्था समस्या परेको देखिएको छ तर हाम्रो वचन बचत तथा ऋण सहकारी संस्थामा त्यस्तो कुनै पनि समस्या नरहेकोले शेयर सदस्य ज्यूहरु ढुक्क भएर यस संस्थामा कारोवार गर्न आग्रह गर्दछु’, भन्नुभयो । त्यस अवसरमा उहाँले सहकारीका कर्मचारी विषयको आफ्नो विद्यावारिधि (PH.D.) थेसिस राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष उप्रेतीलाई प्रदान गर्नुभयो ।
साधारण सभामा त्यसै संस्थाका उपाध्यक्ष मुकुन्दराज खनाल , ऋण उप-समिति संयोजक शान्ता गौतम , शेयर सदस्य विष्णुभक्त तिमिल्सिना र कोधरहित संसारका उपाध्यक्ष डा.लक्ष्मण शाक्यले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै सो संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।
त्यसै अवसरमा शेयर सदस्यहरु टीकादेवी प्रसाई, लेखराज गुरुङ , सन्तोष दुमी तथा श्री मञ्जु श्री स्कुल , ललितपुरका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम गर्नुका साथै शेयर सदस्य उत्तम आर्याल हास्यव्यङ्ग्य प्रहशन प्रस्तुती गर्नुभयो ।
यसै अवसरमा सोही संस्थाका अध्यक्ष सुरज के.सी.लाई सम्मान गरिएको थियो । यसैगरी त्यस संस्थाका कर्मचारीहरु मध्येबाट लेखा सहायक कविता तिमिल्सिनालाई उत्कृष्ठ कर्मचारी सम्मानबाट सम्मानित गरियो । त्यस्तैगरी त्यसै संस्थाका शेयर सदस्यहरुमध्ये गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा तारेकेश्वर नगरपालिका वडा ३,८ र १० नं. वडामा निर्वाचित हुनु भएका जनप्रतिनिधिहरु परशुराम आर्याल , मोहन खत्री र मुक्तिनाथ गुरागाईँलाई सम्मान गरिएको थियो । त्यसैगरी साधारण सभामा वरिष्ठ हास्यकलाकार उत्तम अर्याल , शेयर सदस्य लेखराज गुरुङ र मञ्जु श्री स्कुल , ललितपुरका विद्यार्थीहरु प्रमाण-पत्र प्रदान गर्नुभयो । यसैगरी त्यसै संस्थाकी शेयर सदस्य प्रमिला घोरासाइनीलाई सुत्केरी पोषण प्रमाण-पत्र प्रदान गरियो भने सोही संस्थाकी शेयर सदस्य पवित्रा बस्नेतलाई समवेदना प्रकट र क्रिया खर्च (पुजनीय पिता दिवंगत सानुबाबु सिललालप्रति श्रद्धाञ्जली प्रकट गर्दै) प्रदान गरियो ।