शुभकामना साकोसको आयोजनामा घरेलु आगलागी नियन्त्रण अभ्यास तालिम सम्पन्न

भक्तपुरको सूर्यविनायकमा केन्द्रीय कार्यालय तथा नासमना र व्यासीमा सेवाकेन्द्र सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनामा घरेलु आगलागी नियन्त्रण अभ्यास तालिम सम्पन्न भयो । यही मंसिर ३० गते शनिबार सोही संस्थाको नासमना सेवाकेन्द्रमा सञ्चालन भएको उक्त तालिममा त्यसै संस्थाका सञ्चालक समिति र विभिन्न उपसमितिहरुका पदाधिकारी तथा सदस्यहरु, शेयर सदस्यहरु र कर्मचारीहरु गरी ७० जनाको सहभागिता रहेको थिय‍ो । आर.एन.ए.(RNA) १६ ,भक्तपुरका अरुण सैंजु र निना खाईतुले प्राविधिक सहय‍ोगमा यो तालिम सम्पन्न भएको थियो ।

त्यस अवसरमा सोही संंस्थाका अध्यक्ष रामप्रसाद कासुलाले यो तालिमबाट सिकेको ज्ञान र सीप तालिमका सहभागीहरुले व्यवहारमा लाग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

संस्थाको आफ्नै भवनबाट सूर्यविनायकमा रहेको केन्द्रीय कार्यालय र नासमनामा रहेको सेवाकेन्द्र सञ्चालन भइरहेको छ । यही मंसिर मसान्तसम्म यो संस्थामा शेयर पूँजी रु.१०,७१,६६,६००, जगेडा कोष रु.१४,२७,७०,४९९.९३, अन्य कोष रु.६२,७२,१७४.७२ , संस्थागत पूँजी रु.१४,४२,२५,०३६.७७ , कूल बचत रु.९९,५५,६८,२९५.४६ , तरलता रु.३१,९१,१९,२६४.६८ ,लगानीमा रहेको ऋण रु.९४,१९,७८,०९६,६८ ,कूल संम्पत्ति रु.१,३४,९६,५७,०९०.७० ,कूल शेयर सदस्य संख्या ९,८३३ र तरलता प्रतिशत ३२.०५ प्रतिशत रहेको त्यसै संस्थााकी प्रबन्धक रेश्मी श्रेष्ठको भनाइ छ ।

यस अघि गत मंसिर १५ गते स‍ो संस्थाको कृषि उपसमितिको आयोजनामा कौसी खेती तालिम सञ्चालन भएको थियो । यो संंस्थाले गत कार्तिकमा आफ्ना शेयर सदस्यहरुलाई संरक्षित पूँजी कोषको रकम प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *